पोखरा । गण्डकीका पूर्वमुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले केपी शर्मा ओलीले दिएको निर्देशनकै कारण आफूले राजनीतिक निष्ठा गुमाउन नसक्ने बताएका छन् । आइतबार सरकारी निवास छाड्नु अघि सञ्चारकर्मीसँग कुरा गर्दै गुरुङले आफू कसैको दबाबमा निष्ठा छाड्ने मान्छे नरहेको प्रतिक्रिया दिए ।
गुरुङले केही एमाले नेताहरुका कारण मुलुकको राजनीति फेरिएको दावी गर्दै ‘दहीझैं जमेर बसेको राजनीतिमा कागति निचोरेर फालेजस्तो भएको प्रतिक्रिया दिए । उनले अगाडी भने -“अहिले बनेको गठबन्धन केही एमाले नेताकै कारण हो । अर्को दलको नेतालाई प्रधानमन्त्री बनाउँछु भनेर हस्ताक्षर नगरेको भए यो गठबन्धन बन्थेन।”
उनले पुनः मुख्यमन्त्रीमा दाबी गरेको विषयमा स्पष्ट पार्दै सभामुखबाहेक अन्य ५९ सांसदले नै दाबी गर्न सक्ने बताए । ‘मैले हाम्रो पार्टीको २७ जना सांसदको विवरण बुझाएको हुँ,’ । उनले गठबन्धनबाट बनाइएका सरकार जुनसुकै बेला पनि परिवर्तन हुन सक्ने बताए ।
गुरुङले केन्द्रका नेताका कारण अस्थिरता निम्तिएको भन्दै जुँगाको लडाइँ छाड्नुपर्ने बताए । गुरुङले अगाडी भने – ‘एउटा नेतालाई मात्रै दोष दिन मिल्दैन, सबै केन्द्रका नेताले आफूलाई सच्याउनुपर्छ, जुँगाको लडाइँ रोक्नुपर्छ ।’
गुरुङले अन्तिममा दीपक मनाङे तर्फ इङ्गित गर्दै मनाङेले अप्ठेरोमा साथ छोडेको बताए । ‘रत्नाकर वाल्मीकि बन्छ भने मनाङेले पनि राजनीति सेवा गर्न किन सक्दैन भनेर सांसद बनायौं,’ सांसदको शपथ खुवाए । उसलाई सुधार्न र राजनीतिबाट समाजसेवामा जोड्नको लागि मन्त्री बनाएको थिए । उसले पछि मलाई सम्झिनेछ ।’
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते