पोखरा । शनिबार गण्डकीमा नयाँ सरकार गठन भएपछि बसेको पहिलो मन्त्रिपरिषद बैठकले पूर्वमुख्यमन्त्री गुरुङलाई सुविधा दिनेबारे छलफल शुरू गरेकाे छ ।
पूर्वमुख्यमन्त्रीलाई केकस्ताे सेवासुविधा दिने भन्ने बारेमा छलफल अघि बढेकाे तर यसबारे कुनै निर्णय भइ नसकेको नयाँ सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिए ।
‘पूर्वमुख्यमन्त्रीलाई सुविधा दिनेबारे अहिलेसम्म कुनै व्यवस्था नगरिएका कारण संघमा जस्तै प्रदेशमा पनि पूर्वमुख्यमन्त्रीलाई सम्मान र सुविधा दिनुपर्छ भनेर छलफल भैरहेको उनले बताए ।
गएको शुक्रबार प्रदेशका पहिलाे मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङ अल्पमतमा परेपछि पदमुक्त भएका हुन् । उनी पहिलाे मुख्यमन्त्री हुन् । सात प्रदेश मध्ये सबैभन्दा पहिला ढल्ने गण्डकी सरकार नै बन्याे । काँग्रेसबाट पहिलाे मुख्यमन्त्री बन्ने साैभाग्य पनि कृष्णचन्द्र पाेखरेलले नै पाए ।
पूर्व मुख्यमन्त्रीकाे सेवा सुविधाबारे ऐननियम नभएका बेला गण्डकी सरकारमा अघिल्लाे सरकार ढलेपछि दाेस्राे सरकारले अग्रसरता लिएकाे हाे ।यद्यपी, सामाजिक सञ्जालमा भने सत्ताकाे बागडाेर सम्हाल्ने बित्तिकै सेवा सुविधातिरै ध्यान गएकाे भन्दै आलाेचना सुरू भएकाे छ । कतिले काले-काले मिलेर खाउँ भाले प्रवृत्ति भनेका छन् । केहीले आफू पनि पछि पूर्व नै हुने हाे भन्दै आफ्नै लागि सुविधा हाे भनेर कटाक्ष गरेका छन् ।
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते