पर्वत । पर्वतको महाशिला गाउँपालिकाले मातहतका छ वटा मुख्य सडकको डिपिआर तयार गरेको छ । गाउँपालिकाभित्र बाह्रैैमास सडक सुविधा पु-याउने उद्देश्यले सडक स्तरोन्नति तथा कालोपत्र गर्नका लागि छवटा सडकको डिपिआर तयार गरेको हो । पालिकाका सबै वडामा पुग्ने गरी ‘एक वडा, एक सडक’ अन्तर्गत उक्त सडकको डिपिआर गरिएको गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उच्चैले जानकारी दिए।
छवटा वडामा पहुँच पु-याउने गरी करिब ४८ किलोमिटर लामो सडकको डिपिआर गरिएको गाउँपालिकाका प्रवक्ता उच्चैले जानकारी दिए। उनका अनुसार डिपिआर गरिएका सडकको कालोपत्र गर्नका लागि करिब रु दुई अर्ब ५० करोड लागत अनुमान गरिएको छ । डिपिआर सम्पन्न भएका सडकको कालोपत्र तथा स्तरोन्नतिका लागि प्रदेश तथा सङ्घीय सरकारबाट बजेट माग गर्ने र स्थानीय सरकारले साझेदारी गर्ने योजनासमेत बनाइएको छ ।
गाउँपालिकाले वडा नं १ होश्राङ्दीमा अगाहगडी– पैयुभञ्ज्याङ सडक, वडा नं २ भोक्सिङमा सालडाडा–खोलाखर्क–पाखुरेडाँडा सडक, वडा नं ३ बालाकोटमा हिरुखर्क–निगाली–दियालीडाँडा–बारेडाँडा सडकको डिपिआर सम्पन्न गरेको हो । यसैगरी वडा नं ४ पाखापानीमा लाम्तुन–दर्जीडाँडा–थापथर, वडा नं ५ लुङ्खुदेउरालीमा लुङ्खुदेउराली–बान्द्रे–धनुमासे–सेरा सडक र वडा नं ६ फलामखानीका लागि घण्टेदेउराली–फलामखानी–घन्तरी सडकको डिपिआर तयार गरेको प्रवक्ता ठकुरीले जानकारी दिए।
यस वर्ष पालिकाले आफ्नै लगानीमा पाँच किलोमिटर सडकको कालोपत्रको काम अघि बढाएको छ भने दक्षिण पर्वत जोड्ने लमाय–लुङ्खु र लुङ्खुबाट पैँयुको हुवाससम्मको सडक समेत कालोपत्रको काम भइरहेको छ । डिपिआर गरिएका सबै सडक कालोपत्र भएपछि गाउँपालिका सडकयुक्त हुने अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिए।
सम्बन्धित खबर
नयाँ वर्षमा स्नान गर्न पुगेकी एक महिला कालीगण्डकीमा बेपत्ता
पर्वतमा अन्तरजातीय विवाह गर्ने २८ जोडीलाई नगदसहित सम्मान
संरक्षण अभियन्ता आरके अदिप्त गिरी सम्मानित
पर्वतमा यसवर्ष आलु उत्पादन बढ्ने अनुमान
कालीगण्डकी कोरिडोर सडक : मालढुङ्गा–फर्से खण्ड कालोपत्र
पर्वतका सरकारी स्वास्थ्य संस्था चार महिनादेखि औषधिविहीन
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
पोखराको फिर्के पुल निर्माण ठेक्का तोड्यो सडक विभागले
वैशाख ११ गतेदेखि नियमित कक्षा सञ्चालन गर्न पोखरा महानगरको अनुराेध