पोखरा। पोखरा जेसीज वर्ष २०२१ का अध्यक्षज्युको प्रकरण ‘युवा नेतृत्व दर्शनलाई वास्तविकतामा रुपान्तरण गर्दै’ भन्ने मुल नारालाई सार्थकता दिंदै जेसीजले सामुदायिक उत्तरदायित्व वहन अनुरुप जेठ सात गतेदेखि कोरोना संक्रमितलाई निशुल्क एम्बुलेन्स सेवा संचालन गर्दै आइरहेको छ ।
विश्वयापी रुपमा माहामारीको रुप लिएको कोरोना संक्रमणको दोश्रो भेरियन्ट पश्चात सरकारले संक्रमण फैलन नदिनका लागि जारी गरेको निषेधाज्ञाका कारण अस्पताल जान आउन समस्यामा परेका संक्रमितको सहयोगार्थ जेसीजले निशुल्क अस्थायी एम्बुलेन्स सेवा संचालन गर्दै आएको हो ।
महामारीमा आपतकालिन सहयोगका लागि ‘आपतकालिन टाक्सफोर्स’ गठन गरेको जेसीजको निशुल्क एम्बुलेन्स सेवाका लागि पोखराको प्रतिष्ठित व्यवसायिक संस्था हिमालय अर्गनाइजेसनले एम्बुलेन्स सहयोग गरेको छ भने, स्थानीय स्तरका नेपाल रेडक्रस सोसाइटी कास्की, सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको सहकार्यले यस कार्यलाई मूर्तरूप दिएको छ ।
एम्बुलेन्सले पोखरा महानगर मात्र नभएर आसपासका माछापुछ्रे गाउँपालिकाको भुर्जुङ्गखोला, तनहुँको शुक्लागण्डकी नगरपालिकासम्म पनि निशुल्क सेवा दिंदै आएको छ । हालसम्म यो सेवाबाट ५० बढी संक्रमितले लाभ लिइसकेका छन् ।
जेसीजको निशुल्क एम्बुलेन्स सेवाबाट अहिलेसम्म भएका कार्यहरु निम्न छन् ।
• २०७८/०२/०७ गते संक्रमीतको लागि अक्सिजन ओसारपसार।
• २०७८/०२/०९ गते बिरामिलाई सिमलचौरबाट गण्डकी अस्पतालमा लगि पुनः सिमलचौर फिर्ता।
• २०७८/०२/१० गते जनप्रिय मार्गबाट गण्डकी मेडिकल कलेज लगियो । रत्नचोकको बिरामिलाई गण्डकी मेडिकल कलेजबाट मेडिप्लस अस्पताल लगियो । सिमलचौरबाट गण्डकी अस्पताल, घारिपाटनबाट चरक शुक्लागन्डकीबाट मेडिप्लस, घारिपाटनबाट मेडिप्लस गरी जम्मा ६ जनाको उद्दार ।
• २०७८/०२/११ गते गणेशटोलबाट गण्डकी अस्पताल, लम्जुङको बिरामीलाई मेडिप्लसबाट चरक मेमोरियल, मझेरिपाटनको बिरामिलाई चरक मेमोरियलबाट दिर्घायु अस्पताल, मनकामना मन्दिरबाट फेवासिटि अस्पताल गरी जम्मा ४ जनाको उद्दार ।
• २०७८/०२/१३ गते नयाँगाउँबाट जिएमसी र भुर्जुङ्खोलाबाट मेडिप्लस गरी २ जनाको उद्दार।
• २०७८/०२/१५ गते सराङ्कोटबाट पृथ्वीचोक र रिजनल अस्पतालबाट जिएमसी गरि २ जनाको उद्दार ।
• २०७८/०२/१६ गते पोखरा – ४ बाट गण्डकी अस्पताल र रामबजारको बिरामीलाई फिस्टेलबाट गण्डकी अस्पताल गरी २ जनाको उद्दार।
• २०७८/०२/१७ गते नालामुखबाट फिस्टेल , महेन्द्रपुलबाट फिस्टेल ,रामकृष्णटोलबाट गण्डकी अस्पताल, तालपारीबाट जिएमसी, मोहोरियाटोलबाट फेवासिटी, गण्डकी अस्पतालबाट सिम्लेलाम गरी जम्मा ६ जनाको उद्दार ।
• २०७८/०२/१८ गते बिरौटाबाट एक जनालाई लेकसीटि अस्पताल लगि फर्काइएको ।
• २०७८/०२/१९ गते नालमुखबाट फिस्टेल, सिम्लेबाट लेकसिटी, लेकसिटीबाट जिएमसी, लेकसिटीबाट मेट्राेसिटी, हिमालीमार्गबाट मेट्राेसिटी गरी जम्मा ५ जनाको उद्दार ।
• २०७८/०२/२० जिएमसीबाट लेकसिटी, सराङ्कोटको बिरामिलाई रिजनल अस्पतालबाट गण्डकी अस्पताल र जाल्पारोडको बिरामिलाई जनप्रिय अस्पतालबाट गण्डकी अस्पताल गरी ३ जनाको उद्दार ।
• २०७८/०२/२१ गते भुर्जुङ्खोलाबाट ३ जना बिरामीको गण्डकी अस्पताल लगि उद्दार गरिएको ।
• २०७८/०२/२२ गते जिएमसीबाट पोखरा – २३ लगि १ जनाको उद्दार।
• २०७८/०२/२३ गते फिस्टेलबाट महेन्द्रगुफा लगि १ जनाको उदार ।
कोरोना संक्रमितलाई पोखरा जेसिसले
पोखरा जेसिज बर्ष २०२१ का अध्यक्षज्युको प्रकरण “युवा नेतृत्व दर्शनलाई बास्तबिकतामा रुपान्तरण गर्दै “भन्ने मुल नारालाइ सार्थकता दिनेक्रममा नेपालमा मात्र नभई बिश्वब्यापी रुपमा आक्रान्त पारेको कोरोना भाइरस -१९ को दोस्रो भेरियन्टले पुरै देशनै बन्दाबन्दीको चपेटामा पुगेको छ। यस विषम परिस्थितिमा पोखरा जेसिसले पनि आफ्नो सामुदायिक उत्तरदायित्व बहन गर्ने क्रममा आपतकालीन रूपमा ” आपतकालीन टाक्सफाेर्स” गठन गरि माहामारी नियन्त्रण तथा माहामारिमा समुदायको सहयोगार्थ विभिन्न कार्यक्रमहरु गर्दै आहिरहेको छ। यसै सेवा अन्तर्गत “हाम्रो समाज हाम्रो अभिभारा” नारालाइ आत्मसात् गरि निशुल्क रुपमा एम्बुलेन्स सेवा सन्चालन गरिरहेको छ। पोखराको प्रतिष्ठित ब्यवसायिक संस्था हिमालय अगानाइजेसनको गाडी सहयोगमा र स्थानीय स्तरका नेपाल रेडक्रस सोसाइटी कास्की, सामाजिक बिकास मन्त्रालय गण्डकी प्रदेश र पोखरा महानगरपालिका पोखरा को सहकार्यमा पोखरा जेसीजले संचालनमा ल्याएको निशुल्क अस्थायी एम्बुलेन्स सेवा मिति २०७८ जेष्ठ ७ गते बाट सुरक्षित तबरले बिधिवत रुपमा संचालनमा आइरहेको छ। नितान्त कोरोना संक्रमित बिरामीलाई मध्यनजर गरि सन्चालित एम्बुलेन्स सेवाले पोखरा महानगर भित्र मात्र नभै हालसम्म पोखरा महानगर आसपासका विभिन्न गाउपालिका र नगरपालिकाबाट गरि दैनिक रुपमा ५ देखि ८ जना सम्म बिरामीलाई सेवा दिदै आइरहेको छ । हालसम्म करिव ५० जना भन्दा बढी बिरामीलाई सेवा दिइसकेको यस एम्बुलेन्स सेवाले माछापुच्छ्रे गाउपालिकाको भुर्जुङ्गखोला , शुक्लागन्डकी नगरपालिका , पोखरा महानगर भित्रका विभिन्न वडाका संक्रमीत लाई सेवा पुर्याइसकेको छ।
सम्बन्धित खबर
उपकार बचतको वार्षिकोत्सवमा ज्येष्ठ नागरिकलाई सहयोग
गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
नागीधार महोत्सव एक दिन थप
अध्यादेश ल्याउनु अहिलेको आवश्यकता हो : सञ्चारमन्त्री गुरुङ
विद्यार्थी घटेपछि पर्वतका दुई क्याम्पस गाभिए
तनहुँमा बसबाट खसेर सहचालक पोखराका युवकको मृत्यु
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
तनहुँमा बसबाट खसेर सहचालक पोखराका युवकको मृत्यु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी
पोखराको ढुंगेसाँघु मेला निरन्तर