पोखरा । देशभरको मौसम बदली रही आज (आइतबार) धेरै स्थानमा वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल देशमा प्रदेश १ देखि लुम्बिनी प्रदेशको पूर्वी भू–भाग सम्म मनसुनी वायुको प्रभाव रहेको तथा बाँकी भू–भागमा पश्चिमी वायु र स्थानीय वायुको मिश्रित प्रभाव रहेको छ ।
अहिले बिहान देशभर सामान्य देखि पूर्ण बदली रही गण्डकी र लुम्बिनी प्रदेशका केही र बाँकी प्रदेशका एक–दुई स्थानहरुमा वर्षा भईरहेको अवस्था छ ।
आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश २, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानहरुमा भारी बर्षाको समेत सम्भावना छ ।
यस्तै, साँझ देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश २, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानहरुमा भारी बर्षाको समेत सम्भावना छ ।
यसैगरी, देशका धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा तथा प्रदेश २, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानहरुमा भारी बर्षाको समेत सम्भावना देखिएकोले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ।
सम्बन्धित खबर
तनहुँमा ऋषिङ गाउँपालिका अध्यक्षले कुटे पूर्वसांसदका छोरा
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
राष्ट्रिय फोटो पत्रकार समूह नेपाल, कास्की शाखाको अध्यक्षमा योगेन्द्र, प्रेम सचिव
पूर्व राजा ज्ञानेन्द्रले गरे कुल मन्दिरको दर्शन
काउली बेचेर एकै सिजनमा ६ लाख आम्दानी
पृथ्वीनारायण क्याम्पसमा स्ववियु निर्वाचनको नमुना मतदान
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो