गण्डकीमा मन्त्रिपरिषद् विस्तार : मनाङेसहित को-को बने मन्त्री ?

गण्डकीमा मन्त्रिपरिषद् विस्तार : मनाङेसहित को-को बने मन्त्री ?

sapath

पोखरा । नवनियुक्त मुख्यमन्त्री कृष्ण चन्द्र पोखरेल नेपालीले आजै मन्त्रिपरिषद् विस्तार गरेका छन् । पोखरेलले आफूलाई समर्थन गर्ने कांग्रेस, माओवादी, जसपा र स्वतन्त्र सांसदलाई सहभागी गराएर मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।

मन्त्री बन्नेमा नेपाली कांग्रेसबाट कुमार खड्का छन् भने, माओवादी केन्द्रबाट मधु अधिकारी, जनता समाजवादी पार्टी (जसपा)बाट हरिशरण आचार्य र स्वतन्त्र प्रदेशसभा सदस्य दीपक मनाङे मन्त्री बनेका छन् । चारैजना मन्त्री विना विभागीय हुन् ।

सरकार गठनमा निर्णायक मानिएका मनाङेले आन्तरिक मामिला तथा कानून मन्त्रालय दावी गरेपछि आज विनाविभागीय मन्त्रिमण्डल बनाइएको हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ