गण्डकीको मुख्यमन्त्रीमा विपक्षी गठबन्धनका कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकीको मुख्यमन्त्रीमा विपक्षी गठबन्धनका कृष्णचन्द्र नेपाली नियुक्त

krishna-chandra

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् ।

प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ उपधारा ५ अनुसार उनलाई शनिबार मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन् ।

बिहीबार प्रदेश सभामा विश्वासको मत पाउन नसकेर मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङ पदमुक्त भएपछि वैकल्पिक सरकार गठनका लागि प्रदेश प्रमुख सीता कुमारी पौडेलले शनिबार दिउँसो ३ बजे सम्मको समय दिएकी थिइन् ।विपक्षीहरु शुक्रबारनै ३१ जनाको हस्ताक्षर लिएर सशरीर प्रदेश प्रमुखको कार्यालयमा पुगेका थिए ।

नियुक्त भएका ७१ वर्षीय नेता पोखरेल नेपाली कांग्रेस संसदीय दलका नवलपरासी पूर्व १ (क) बाट प्रत्यक्ष निर्वाचित सांसद हुन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds