जसपा संसदीय दलका नेता आचार्य भन्छन् : हाम्रो समर्थन विपक्षी गठवन्धलाई

जसपा संसदीय दलका नेता आचार्य भन्छन् : हाम्रो समर्थन विपक्षी गठवन्धलाई

harisharan-achrya

पोखरा।  जनता समाजवादी पार्टी गण्डकी प्रदेश संसदीय दलका नेता हरिशरण आचार्यले भावी सरकार गठनका लागि आफूहरुको समर्थन विपक्षी गठवन्धलाई नै रहेको बताएका छन्।

विश्वासको मत प्राप्त नगरेपछि पदमुख्त भएका मुख्यमन्त्री गुरुङले शनिबार राष्ट्रिय जनमोर्चाका कृष्ण थापा र जनता समाजवादी पार्टीको प्रदेश कमिटीको पत्रकाे आधार देखाउँदै पुनः मुख्यमन्त्रीमा दावी पेश गरेपछि आचार्यले उक्त प्रतिक्रिया दिएका हुन्।

शुक्रबार विपक्षी गठबन्धनका ३१ सांसद सशरीर उपस्थित भएर प्रदेश प्रमुख सीताकुमारी पौडेललाई बहुमतको हस्ताक्षर बुझाएका थिए । जसका लागि प्रमुख पौडेलले बहुमत दावी गर्न शनिबार दिउँसो ३ बजेसम्मको समय दिएको थिइन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ