विश्वासको मत पाउन नसकेका मुख्यमन्त्री गुरुङको पुनः दावी अवैधानिक : विपक्षी गठबन्धन

विश्वासको मत पाउन नसकेका मुख्यमन्त्री गुरुङको पुनः दावी अवैधानिक : विपक्षी गठबन्धन

gandaki-wipakshi-gathabandhan

पोखरा।  प्रदेश सभामा विश्वासको मत पाउन नसकेर पदमुक्त भएका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले वैकल्पिक सरकार गठनका लागि पुनः दावी गर्नुलाई विपक्षी गठवन्धनले अवैधानिक कदम भनेका छन् ।

पार्टीको साधारण सदस्यसमेत नभएका कृष्ण थापाको समर्थनको पत्र देखाएर गुरुङले पुनः मुख्यमन्त्रीमा दावी गर्नु हास्यासपद रहेको विपक्षी एक सांसदले बताए । “विधी र पद्दतीको खिल्ली उडाउंदै संसद विघटनको प्रयास भइरहेको छ । ” उनले भने।

यसअघि विपक्षी गठवन्धनले शुक्रबार नै ३१ जनाको हस्ताक्षरसहित दाबी पेस गरिसकेको छ ।

जनमोर्चाले हृवीप उल्लंघन गरेको भन्दै दोस्रो पटक जनमोर्चाका सांसद कृष्ण थापालाई बिहीबार पदमुक्त गरेको थियो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds