काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाग्मती प्रदेशसभा संसदीय दलले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिने नेपाली कांग्रेसका नेता तथा प्रदेशसभा सदस्य नरोत्तम वैद्यले लिखित माफी माग्नुपर्ने निर्णय गरेको छ ।
दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा आज बसेको बैठकले प्रदेशसभा सदस्य वैद्यले राखेको अराजक तथा गैरराजनीतिक अभिव्यक्तिप्रति आपत्ति जनाउँदै उक्त अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग गर्ने निर्णय गरिएको दलका मुख्य सचेतक दीपक निरौलाले जानकारी दिए।
यसैबीच, प्रधानमन्त्री ओलीविरुद्ध आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै चौतर्फी विरोध भएको छ । अभिव्यक्तिविरुद्ध एमाले मकवानपुर, युवासङ्घ, अनेमसङ्घलगायतले विज्ञप्ति निकालेर आक्रोश व्यक्त गरेका छन् । एमाले मकवानपुरले प्रतिवाद गर्न तयार रहेको जनाएको छ ।
“कांग्रेस, माओवादी, माधव नेपाल, उपेन्द्र यादव समूह अहिले ओलीका विरुद्ध राजनीतिक लडाइँमा पराजित भएपछि हत्या गर्ने योजनामा लागेकै हो?, कांग्रेस लोकतान्त्रिक मान्यताबाट च्यूत भएकै हो?, राष्ट्रिय स्वाभिमान, लोकतन्त्र, समृद्धिको मिशन बोकेर करोडौं जनताको हृदयमा बस्न सफल ओली एक्लै छैनन्, एमालेजन र ओली समर्थकहरु हातमा दही जमाएर बसेका छैनन्, हरपल प्रतिवाद गर्न तयार छन्”, एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठले सामाजिक सञ्जालमार्फत आक्रोश पोखेका छन्।
सम्बन्धित खबर
जनताको आवश्यकता अनुसार प्रदेश संख्या घटबढ गर्न सकिन्छः प्रधानमन्त्री ओली
चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक
बालेनको ट्रम्पलाई जवाफ– ‘हाम्रो देश तपाईंको भन्दा राम्रो छ भनेर महसुस गराएकोमा धन्यवाद’
सानो देशमा छु भन्ने हीनताबोध नराख्नुस्, सार्वभौमसत्ता सानो वा ठूलो हुँदैन: प्रधानमन्त्री ओली
प्रजातन्त्र दिवसमा प्रदेश प्रमुख भट्टको शुभकामना
एमालेसँग एकता सम्भव छैन, माओवादीमा मिल्दैछ भन्ने भ्रमबाट पनि मुक्त हुनुस्ः नेपाल
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते