प्रधानमन्त्रीलाई हत्याको धम्की अभिव्यक्ति निन्दनीयः एमाले

प्रधानमन्त्रीलाई हत्याको धम्की अभिव्यक्ति निन्दनीयः एमाले

KP OLI angry

काठमाडौँ। नेकपा (एमाले) ले प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्न वाग्मती प्रदेशसभाका एक सदस्यले दिएको धम्कीलाई अत्यन्त गम्भीररूपमा लिएको जनाएको छ ।

पार्टीका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले आज विज्ञप्ति जारी गर्दै प्रदेशसभाको शुक्रबारको बैठकमा कांगेसका सदस्य नरोत्तम वैद्यले प्रधानमन्त्री ओलीको हत्याका लागि अरुलाई समेत दुरुत्साहन गर्ने र आवश्यक परे आफैँ पनि हत्याका लागि तयार रहेको निजको अभिव्यक्ति आपराधिक, अत्यन्त आपत्तिजनक र निन्दनीय रहेको बताएका छन् ।

बैठकमा प्रदेशसभा सदस्य वैद्यले आफू प्रधानमन्त्री ओलीका विरुद्ध नाथुराम गोड्से बन्न तयार रहेको अभिव्यक्ति दिएका थिए। “उक्त अभिव्यक्तिको घोर भत्र्सना गर्दै हाम्रो पार्टी यो विषय मुलुकको फौजदारी कानूनसमेत आकर्षित हुने विषय हो भन्ने ठान्दछ र यस विषयमा सम्बद्ध राजनीतिक दलको समेत गम्भीर ध्यानाकर्षण गर्दछ”, विज्ञप्तिमा भनिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

ट्रेन्डिङ