गण्डकी प्रदेशमा नयाँ सरकार भोलि दिउँसो ३ बजेपछि मात्रै

गण्डकी प्रदेशमा नयाँ सरकार भोलि दिउँसो ३ बजेपछि मात्रै

pradesh pramukh sita-poudel

पोखरा । नयाँ सरकार गठनका लागि गण्डकीका विपक्षी दलहरुले प्रदेश प्रमुख समक्ष ३१ जनाको हस्ताक्षर बुझाएपनि प्रदेश प्रमुख सीताकुमारी पौडेलले सबै प्रक्रिया हेरेर भोलि कदम चाल्ने बताएकी छन् ।

हस्ताक्षर बुझिसकेपछि प्रदेश प्रमुख पौडेलले आफूले भोलि दिउँसो ३ बजेसम्मको समयसीमा तोकेको र कानुन वमोजिम नै जाने बताएकी हुन् । उनले भनिन्, ‘आवश्यक परे म तपाईंहरुलाई बोलाउँछु, मैले संविधान वमोजिम नै काम गर्ने हो ।’

प्रदेश सभामा हिजो मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेपछि नयाँ सरकार गठनको पहल सुरु भएको हो ।

प्रदेश प्रमुख पौडेलले बहुमत दावी गरेर आउन विपक्षी दलहरूलाई आह्वान गर्दै शनिबार दिउँसो ३ बजेसम्मको समय दिएपछि कांग्रेस नेतृत्वको गठबन्धन बहुमत दावी गर्दै प्रदेश प्रमुख कहाँ गएको थियो ।

विपक्षी गठबन्धनमा ३१ जना सांसदले हस्ताक्षर गरेका छन् । हस्ताक्षर गर्नेमा स्वतन्त्र सांसद दीपक मनाङेसहित कांग्रेसका १५, माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ सांसद रहेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds