कास्की । कास्कीका पाँच राजनीतिक दलले जनताका लागि खोप व्यवस्था गर्न माग गरेका छन् । पाँच राजनीतिक दलका तर्फबाट बिहीबार संयुक्त विज्ञप्ति जारी गरी कास्कीमा ल्याइएको खोप अत्यन्त कम हुँदा यहाँका जनतामा निराशा छाएको भन्दै तत्काल सबैका लागि पुग्ने खोपको व्यवस्था गर्न माग गरेका हुन् ।
नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसी, नेकपा (माओवादी केन्द्र) कास्कीका सचिव बखानसिंह गुरुङ, नेकपा (एमाले) कास्कीका अध्यक्ष धनराज आचार्य, जनता समाजवादी पार्टीका कास्कीका अध्यक्ष गिरीप्रसाद गुरुङ र राष्ट्रिय जनमोर्चा कास्कीका अध्यक्ष रविमोहन ढकालद्वारा जारी विज्ञप्तिमा मुलुकमा कोरोना सङ्क्रमणको महामारी र यसले सबै गतिविधि ठप्प भएका कारण आमनागरिकका लागि कोभिडविरुद्वको खोप पहिलो आवश्यकता भएको भनिएको छ ।
विज्ञप्तिमा प्रदेश सरकार र स्थानीय सरकार नागरिकको अपेक्षाअनुसार खोप भित्र्याउन असफल भएको भन्दै चिन्ता व्यक्त गरिएको छ । शिक्षकलगायत विभिन्न पेशा, व्यवसायमा आबद्व नागरिकलाई खोपको प्राथमिकता राख्न र दोस्रो मात्राको खोप लगाउन नपाएका नागरिकलाई तत्काल खोपको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइएको छ ।
सम्बन्धित खबर
नवग्रह मन्दिरमा एक करोड २५ लाख दीप प्रज्वलन गरियो
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ
कास्कीमा एकनाले भरुवा बन्दुकसहित १ जना पक्राउ
म्याग्दीका तुल्सी पुन कोरियामा मृत फेला
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखराका सामाजिक अगुवा लीलाभक्त आचार्यको निधन