आफैले कार्यभार सम्हाल्ने गरी गुरुङले हटाए युवा तथा खेलकुद मन्त्री मनाङेलाई

आफैले कार्यभार सम्हाल्ने गरी गुरुङले हटाए युवा तथा खेलकुद मन्त्री मनाङेलाई

dipak-manane

पोखरा । गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री दीपक मनाङेलाई मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङले पदबाट बर्खास्त गरेका छन् ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले बिहिबार राति मनाङेलाई मन्त्रीबाट बर्खास्त गरेको मुख्यमन्त्री द्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

मनाङे हटाइएसँगै युवा तथा खेलकुद मन्त्रालयको कार्यभार मुख्यमन्त्री गुरुङ आफैले हेर्ने भएका छन् ।

यस्तै बिहीबारबाट लागू हुनेगरी दीपक मनाङेले पनि पदबाट राजीनामा दिएका छन् । उनी बिहीबार प्रदेशसभा बैठकमा समेत अनुपस्थित भएका थिए ।

मुख्यमन्त्री नै पदमुक्त भइसकेपछि आफूलाई मन्त्रीका रूपमा काम गर्न नैतिकताले नदिने भएकाले राजीनामा दिएको उनको भनाइ छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds