विश्वासको मत आएन, मुख्यमन्त्री गुरुङ पदमुक्त

विश्वासको मत आएन, मुख्यमन्त्री गुरुङ पदमुक्त

prithbi-subba

पोखरा । प्रदेश सभाबाट विश्वासको मत नपाएसँगै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङको सरकार ढलेको छ ।

प्रदेश सभामा भएको विश्वासको प्रस्तावमाथि मतदानमा जनमोर्चाका कृष्ण थापा तठस्थ बस्दा र दीपक मनाङे अनुपस्थित हुँदा मुख्यमन्त्री गुरुङले २७ मत मात्र पाए ।

यस्तै विपक्षमा नेपाली कांग्रेसका १५ जना, नेकपा माओवादी केन्द्रका ११ जना, जनता समाजवादी पार्टीका २ जना र राष्ट्रिय जनमोर्चाका सांसदहरु पियारी थापा र खिमबिक्रम शाहीले मतदान गर्दा विपक्षमा ३० मत प¥यो ।

गुरुङ पछिल्लोपटक वैशाख २९ मा नेपालको संविधान धारा १६८ को उपधारा ३ अनुसार मुख्यमन्त्री बनेका थिए। १ महिनाभित्र विश्वासको मत लिनुपर्ने भएकाले उनले आजका लागि समय मागेका थिए ।

मुख्यमन्त्री गुरुङ पदमुक्त भएसँगै १६८(५) अनुसार नयाँ सरकार गठनको बाटो खुलेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds