मुख्यमन्त्री गुरुङले विश्वासको मत पाउने सम्भावना न्यून

मुख्यमन्त्री गुरुङले विश्वासको मत पाउने सम्भावना न्यून

prithbi-subba

पोखरा । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित माओवादी केन्द्र, जनमाेर्चा र जनता समाजवादी पार्टीले विपक्षमा मतदान गर्ने बताएपछि मुख्य मन्त्री गुरुङले विश्वासको मत नपाउने सम्भावना बढेको छ।

गण्डकी प्रदेश सभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मतका लागि राखेको प्रस्तावमाथि उठेका प्रश्नहरुको जवाफ दिंदै पाँच दल मध्ये विपक्षी चार दलले सरकारको तीब्र आलोचना गर्दै विपक्षमा मतदान गर्ने बताएका थिए।

६० सदस्यीय प्रदेश सभामा मुख्यमन्त्रीसँग २७ मत छन् । मुख्यमन्त्रीले मन्त्री बनाएका राजीव गुरुङ (दीपक मनाङे) ले बहुमतलाई साथ दिने बताएर प्रदेश सभामा अनुपस्थित छन् । जनमाेर्चाका कृष्ण थापाले तटस्थ बस्ने घाेषणा गरिसकेका छन् ।

यस्ताे अवस्थामा गुरुङकाे विपक्षमा नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११, जसपाका २ र राजमाेका २ गरी ३० जना देखिएका छन् । बहुमतका लागि ३१ मत चाहिन्छ । कतैबाट फ्लोर क्रस नभएमा मुख्यमन्त्रीको पद नजोगिनी निश्चित जसै बनेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds