काठमाण्डौ। कास्कीका एमाले नेता खगराज अधिकारी गृहमन्त्रीमा नियुक्त भएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार पुनः मन्त्रिपरिषद्को विस्तार गर्दै अधिकारीलाई गृहमन्त्रीमा नियुक्ती गरेका हुन् ।
बिसं २०१८ साल चैत्र २५ गते कास्कीको लेखनाथस्थित बेगनासमा जन्मिएका अधिकारी सुशील कोइराला नेतृत्वको सरकारमा स्वास्थ्य मन्त्री भएका थिए ।
२०२९ सालमा स्थानिय आनन्द ज्योति माविको स्वबियु सभापतिको रूपमा बिद्यार्थी राजनीति हुदै सक्रिय रहेका अधिकारी राजनितिमा होमिएका थिए ।
अधिकारीले बिद्यार्थी राजनितिमा २०३७ सालमा केन्द्रिय स्वबियु सदस्य, २०४०/४१ मा पृथ्वीनारायण क्याम्पस पोखराको स्वबियु सभापति हुदै अनेरास्ववियु केन्द्रिय कमिटी उपाध्यक्ष सम्मको जिम्मेवारी सम्हालेका थिए ।
विभिन्न राजनितिक घटना क्रममा ५ पटक सम्म जेल जिवन बिताएका उनी एमाले कास्की सचिब हुदै जिल्ला कमिटी अध्यक्ष पनि भएका थिए ।
२०७४ सालमा कास्कीबाट निर्वाचित अधिकारी सुरुमा एमाले संसदीय दलको सचेतक र केही समय प्रमुख सचेतक रहे । तर नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएपछि उनको जिम्मेवारी खोसिएको थियो ।
सम्बन्धित खबर
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ
कास्कीमा एकनाले भरुवा बन्दुकसहित १ जना पक्राउ
छोराको सम्झनामा जसले आफ्नो सबै सम्पत्ति प्रतिष्ठानमा सुम्पिए
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखराका सामाजिक अगुवा लीलाभक्त आचार्यको निधन