पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिनका लागि आज प्रदेश सभा बैठक बस्दैछ । वैशाख २७ गते ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्री नियुक्त भएका गुरुङले एक महिनाभित्र विश्वासको मत लिइसक्नु पर्ने संवैधानिक प्रावधानका कारण आज प्रदेश सभामा विश्वासको मत लिदै छन् ।
तर, मुख्यमन्त्री गुरुङले विश्वासको मत लिने पूर्वसन्ध्यामा गण्डकी प्रदेशका खेलकूद मन्त्री राजीव गुरूङ (दीपक मनाङे) ले बहुमत पुर्याउनेलाई आफूले साथ दिने बताएका छन् ।
मुख्यमन्त्री गुरुङले विश्वासको मत लिने अघिल्लो रातदेखि मनाङे विपक्षी गठबन्धनतिर लागेका हुन्। मनाङेको मोर्चा परिवर्तनसँगै गण्डकी प्रदेशमा पनि विपक्षी गठबन्धन बलियो हुन पुगेको छ। एक मतले बहुमत दाबी गर्न नसक्ने अवस्थामा रहेको विपक्षी गठबन्धनलाई मनाङेको साथ प्राप्त भएपछि सरकार बनाउन सक्ने आधार तयार भएको छ।
यदि मनाङेले विपक्षी गठबन्धनलाई मत दिएमा कांग्रेसका कृष्णचन्द्र पोखरेल मुख्यमन्त्री बन्न सक्छन् ।अदालतबाट पुनर्वहाली भएका राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा तटस्थ बस्ने भएका छन् । राजमोका अन्य दुई सांसद विपक्षी गठबन्धनको पक्षमा उभिएकाले गण्डकीको राजनीति रोचक मोडमा पुगेको छ ।
सम्बन्धित खबर
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखराका सामाजिक अगुवा लीलाभक्त आचार्यको निधन