काठमाडौँ । कोरोना सङ्क्रमणका कारण सरकारले गरेको निशेषधाज्ञाको एक महिनाको समयमा देशभर २०० लैङ्गिक हिंसाका घटना घटेका छन् ।
विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको दोस्रो चरणको कोरोना सङ्क्रमणका कारण जारी निषेधाज्ञाको एक महिनाको अवधिमा महिला पुनःस्थापना केन्द्र (ओरेक) नेपालले गरेको अनुसन्धानमा २०० लैङ्गिक हिंसाका घटना घटेका हुन् ।
केन्द्रका अनुसार लैङ्गिक हिंसाका २०० घटनामध्ये २४ प्रतिशत अर्थात (४७ जना) महिला तथा बालबालिकामाथि यौनिक हिंसाका घटना घटेका छन् । केन्द्रका कार्यकारी निर्देशक लुभराज न्यौपानेले सिङ्गो मुलुक कोरोना महामारीतर्फ लक्षित भइरहँदा महिला तथा बालबालिकामाथि हत्या, यौनशोषण र बलात्कारजस्ता घटना घटिरहेको बताए ।
केन्द्रका अनुसार यसै सातामात्र तीनवटा यौनजन्य हिंसाका घटना घटेका छन् । सुर्खेतको गुर्भाकोट गाउँपालिका–९ मा एक किशोरीमाथि मञ्जुरीबिना मदिरा सेवन गरी यौन दुव्र्यवहार गरेको, बाँकेकी २२ वर्षीया महिलाको दाइजोमा मोटरसाइकल नपाएको निहुँमा परिवारकै सदस्यबाट हत्या भएको घटना छन् ।
यस्तै लमजुङको राइनास नगरपालिका–९ मोहोरियास्थित विद्यालयमा अध्यापन गर्ने शिक्षकले १४ वर्षीय एक किशोरीलाई पटकपटक बलात्कार गरेको घटना सार्वजनिक भएको छ । उक्त घटनालाई कमजोर बनाउन किशोरीलाई नै विभिन्न लाञ्छना लगाएर दोषी देखाई प्रहरीमा समेत उजुरी दर्ता गर्न अवरोध आएको केन्द्रले जनाएको छ ।
महिला र बालबालिकामाथि विभिन्न समयमा लैङ्गिक तथा यौन हिंसा भए पनि घटनालाई लुकाउनका लागि अनेक बहाना देखाउँदा न्याय प्राप्तिमा समस्या देखिएको सो केन्द्रले जनाएको छ ।
गम्भीर प्रकृतिका मानव अधिकार हननका घटना दर्ता, अनुसन्धान प्रक्रियालाई प्रभावकारी बनाई महिलाको मानव अधिकारको सम्मान र संरक्षण गर्दै हिंसा प्रभावितको न्याय प्राप्तिको अधिकार सुनिश्चित गर्न ओरेकले सम्बन्धित निकायसँग आग्रहसमेत गरेको छ ।
सम्बन्धित खबर
२ अर्ब बढी रकमको अवैध अनलाइन जुवा खेल्ने/खेलाउने ४ भारतीय नागरिक पक्राउ
पार्किङ गरी राखेको मोटरसाइकल चोर्ने धादिङका गुरुङ पक्राउ
७२ जना डीएसपीलाई दर्ज्यानी चिन्ह प्रदान
कास्कीमा एकनाले भरुवा बन्दुक र लागूऔषध गाँजा सहित १ जना पक्राउ
डिपेन्डेन्ट भिसामा यूके लैजान्छु भन्दै ठगी गर्ने दुई युवक पक्राउ
अदालतबाट दोषी ठहर भई फरार १५३ जना कास्कीबाट पक्राउ
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने