काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले मुलुकको पुरानो नक्सा छापेर बिक्री गरिएका पाठ्पुस्तक जफत गर्न र त्यसमा सम्लग्नलाई कारबाही गर्न निर्देशन दिएका छन् । केही निजी प्रकाशकले पुरानो किताबको कभर परिवर्तन गरी नयाँ संस्करण उल्लेख गरी नेपालको पुरानो नक्सा छापेर पुस्तक बिक्री गरेको जानकारीपछि मन्त्री श्रेष्ठले सो निर्देशन दिएका हुन्।
पाठ्यक्रम विकास तथा मुल्याङ्कन परिषदको आज सम्पन्न ८८ औ भर्चुअल बैठकमा मन्त्री श्रेष्ठले ती प्रकाशक र बिक्रेतालाई कानूनको दायरामा ल्याएर हदैसम्मको कारबाही गर्न पाठ्यक्रम विकास केन्द्रलाई निर्देशन दिएका हुन् । उनले सरकारको आँखा छलेर पुरानो नक्सा उल्लेख गरी पुस्तक बिक्री गर्ने पुस्तक प्रकाशक र वितरकलाई तत्काल स्पष्टीकरण सोध्ने, पुरानो नक्सा अंकित बजारमा बिक्री भएका पुस्तक जफत गर्ने र मन्त्रालयको निर्देशन अटेर गरे कानून अनुसार कारबाही गर्न केन्द्रलाई निर्देशन दिएका छन् ।
बैठकमा मन्त्रालयका सचिव रामप्रसाद थपलियाले पुरानो नक्सा राखी नयाँ पुस्तक बिक्री गर्नेमाथि कडा कारबाही गरिने जानकारी दिए। केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेले पुरानो नक्सा छापेर पुस्तक बिक्री गरेका प्रकाशक र बिक्रेतामाथि कारबाही प्रकृया अघि बढाइने जानकारी दिए।
बैठकमा मन्त्री श्रेष्ठले कक्षा ६ को पाठ्यपुस्तक अभाव हुन नदिन सुचीकृतमा परेका प्रकाशकको पुस्तक छपाइका लागि स्वीकृति दिन समेत निर्देशन दिएका छन् । बैठकले विभिन्न विषयका कक्षा ६–८को पाठयक्रम स्वीकृत गरेको छ ।
सम्बन्धित खबर
प्रतिभाका विद्यार्थीबीच ‘सीमसार बहस’
विद्यार्थी घटेपछि पर्वतका दुई क्याम्पस गाभिए
पृथ्वीनारायण क्याम्पसका प्रमुख प्राडा पाठकले पदभार ग्रहण गरे
कक्षा १० को परीक्षा प्रदेशमा हस्तान्तरण गर्छौं : शिक्षामन्त्री भट्टराई
प्याब्सन दिवसमा शान्ति निकेतनकी अदितिसँगै १७ जना सम्मानित
त्रिभुवन विश्वविद्यालयबाट १४ हजार दीक्षित
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो