तनहुँमा घरमै बसेर लिए बीस जनाले पान नम्बर

तनहुँमा घरमै बसेर लिए बीस जनाले पान नम्बर

Tanahun District Map

तनहुँ । आन्तरिक राजश्व कार्यालयबाट बन्दाबन्दीको समयमा बीस जनाले घरमा बसेर पान नं लिएका छन् ।

बन्दाबन्दीका कारण हिँड्डुल गर्न नपाएका, व्यापार व्यवसायका लागि अति आवश्यक परेका व्यक्तिले घरमा बसेर इन्टरनेटमार्फत पान नं लिएका हुन् ।

कार्यालयको वेबसाइट खोलेर आवेदन दिन सकिन्छ । आवेदकले ट्याक्स पे पोटलमा गएर आफ्ना आवश्यक कागजात अपलोड गरी पठाएपछि कार्यालयका अधिकृतले जाँचेर प्रमाणित भए पान नं उपलब्ध हुने सो कार्यालयले जनाएको छ ।

बनेको पान नं पुनः सम्बन्धित व्यक्तिको म्यासेन्जर वा इमेलमा पठाई सहयोग गरिएको कार्यालय प्रमुख नारायणप्रसाद ढकालले जानकारी दिए। तत्काललाई नं मात्रै चाहिने कार्यका लागि यसरी काम गरिएको छ । प्रमाणपत्र चाहिएमा कार्यालय खुलेको समयमा आएर लैजान सकिने व्यवस्था मिलाइएको छ ।

दोस्रो लहरको भेरियन्टसहितको कोरोनाबाट सुरक्षित हुन जिल्ला प्रशासन कार्यालयले गते वैशाख २२ गते रातिदेखि बन्दाबन्दीको आह्वान गरेपछि जिल्लाका सबै व्यवसाय ठप्प छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

ट्रेन्डिङ


This will close in 4 seconds