कृष्ण थापाको पुनर्वहालीकाे आदेश सच्याउन माग गर्दै गण्डकीका सभामुख सर्वोच्चमा

कृष्ण थापाको पुनर्वहालीकाे आदेश सच्याउन माग गर्दै गण्डकीका सभामुख सर्वोच्चमा

netra-nath-adhikari

पोखरा । गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले जनमोर्चा सांसद कृष्ण थापाको पुनर्वहालीकाे आदेश पुनरावलोकन निवेदन छन् ।

अदालतले गरेको निर्णय खारेज हुनुपर्ने भन्दै सभामुख अधिकारी भ्याकेट निवेदन लिएर अदालत पुगेका हुन् । जनमाेर्चाकै सांसद पियारी थापाले समेत भ्याकेटका लागि निवेदन दिएकी छन् ।

सरकारविरुद्ध ल्याएको अविश्वासको प्रस्तावमाथि पार्टीले सहयोग गर्न ह्वीप नै जारी गरिरहँदा थापाले पार्टीको निर्देशन नमानेको भन्दै पार्टीले साधारण सदस्यबाट समेत हटाएको थियो ।

लगत्तै थापाले सर्वोच्चमा रिट दायर गरेकोमा न्यायाधीश कुमार चुडालको एकल इजलासले थापालाई प्रदेशसभा सदस्यको हैसियतमा कामकाज गर्न दिन अन्तरिम आदेश जारी गरेको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds