तनहुँ समाज युकेले स्वास्थ्य सामग्री पठाउँदै

तनहुँ समाज युकेले स्वास्थ्य सामग्री पठाउँदै

mask

तनहुँ । तनहुँ समाज युकेले जिल्लाका सबै स्थानीय तहमा स्वास्थ्य सामग्री वितरण गर्ने भएको छ ।

समाजले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सदस्यहरूबाट आर्थिक सङ्कलन गरेको छ । जिल्लाका स्थानीय तहमा बनाइएका सम्पूर्ण आइसोलेशन केन्द्रमा अक्सिजन सिलिण्डर एवं स्वास्थ्य सामग्री सहयोग गर्ने संस्थाका अध्यक्ष लेख गुरुङले जानकारी दिए।

समाजले सो कार्यका लागि हालसम्म चार हजार ८८५ पाउण्ड उठाइसकेको छ । उक्त रकम स्थानीय नेपाल रेडक्रस सोसाइटीमार्फत जिल्ला उद्योग वाणिज्य सङ्घलाई हस्तान्तरण गर्ने योजना रहेको अध्यक्ष गुरुङले बताए। जिल्लाका अधिकांश ठाउँमा कोरोना सङ्क्रमण भएपछि सबैलाई न्यायोचित तथा समान वितरण होस् भनेर समाजले सबै स्थानीय तहलाई दिन खोजिएको र कोरोनाको अवस्था हेरी पुनः केही गर्नु परे संस्थाका सदस्यहरू तयार रहेको बताइएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

ट्रेन्डिङ


This will close in 4 seconds