पोखरा । कोरोना महामारीसँगै अधिकांशको रोजगारी गुमेको अवस्थालाई लक्षित गर्दै कास्कीको अन्नपूर्ण गाउँपालिकाले कृषिमार्फत सर्वसाधारणलाई स्वरोजगार बनाउने गरी विभिन्न कार्यक्रम अघि बढाएको छ ।
आयमूलक नगदेबालीलाई जोड दिएको गाउँपालिकाले अघिल्लो वर्ष सुन्तला, कागती, एबोकार्डो, जापानिज कटुस, अम्बा आदिका दुई लाख ६५ हजार विरुवा वितरण गरेको थियो । यस वर्ष सर्वसाधारणलाई ३५ हजार कुरिलोको विरुवाका साथै १६ हजार डाले घाँसको विरुवा ५० प्रतिशत अनुदानमा वितरण गर्न लागेको गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले जानकारी दिए।
कृषिका सम्भाव्यताको पहिचानका लागि गाउँपालिका क्षेत्रमा अघिल्ला वर्षमा माटो परीक्षणसमेत गराइसकेको जानकारी दिँदै उनले कृषिमार्फत स्वरोजगार अभिवृद्धि गराउने दीर्घकालीन लक्ष्य राखिएको बताए।
सम्भाव्यताकै अध्ययनका क्रममा गाउँपालिकाको वडा नं ३ पत्थरमा कृषि विज्ञहरू डा अनिल सुवेदी र डा कुलराज चालिसेले पत्थरमाथि खेतीको अनुसन्धान गरिरहनुभएको जानकारी दिँदै उनले अनुसन्धान सफल भएमा सर्वसाधारणलाई यसतर्फ अभिप्रेरित गरिने बताए। पत्थरमाथि बोरामा माटो राखेर तरुल, गिठठ आदि कन्दमुलजन्य वस्तुहरूको खेतीबारे सम्भाव्यता अध्ययन भइरहेको उनले बताए।
गाउँपालिकाले पुरानो बाली संरक्षण अभियानअन्तर्गत वडा नं ४ सल्यानमा कोदो, मकै, धानको रैथाने प्रजातिको संरक्षण कार्यलाई पनि अघि बढाएको कुँवरले जानकारी दिए।
सम्बन्धित खबर
मार्ग खुलेको १५ वर्षपछि सडक स्तरोन्नति
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
नवग्रह मन्दिरमा एक करोड २५ लाख दीप प्रज्वलन गरियो
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखराका सामाजिक अगुवा लीलाभक्त आचार्यको निधन