विश्वकप फुटबल छनौट : जोर्डनद्वारा नेपाल ३-० ले पराजित

विश्वकप फुटबल छनौट : जोर्डनद्वारा नेपाल ३-० ले पराजित

jordanvs nepal

काठमाण्डौ।  विश्वकप २०२२ र एसिया २०२३ को छनोट अन्तर्गत आज भएको फुटबल खेलमा नेपाल जोर्डनसँग ३-० ले पराजित भएको छ।

कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तर्राष्ट्रिय स्टेडियममा भएको खेलमा नेपाल जोर्डनसँग ३-० ले स्तब्ध भएको हो।

जोर्डनका लागि बाहा फैजलले दुई गोल गरे । फैजलले खेलको २३ औं र ४८ औं मिनेटमा गोल गरेका थिए । उनले पहिलो गोल पेनाल्टीमार्फत र दोस्रो गोल फ्रिकिकमार्फत गरे । जोर्डनका लागि तेस्रो गोल यजान अल अरबले गरे ।

आजको खेलमा नेपालले कुनैपनि राम्रो मुभ बनाउन सकेन । शारिरिक रुपमा समेत कमजोर देखिएको नेपाल पुरै खेल अवधिभर दबावमा रह्यो ।  पछिल्लो थप ४ मिनेटमा नवयुग श्रेष्ठ ‘वान भर्सेस वान’ को अवस्थामा गोल गर्नबाट चुके ।

समूह ‘बी’ मा रहेको नेपालले ७ खेलबाट दुई जितका साथ ६ अंक हासिल गरेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ