बागलुङ । जापानमा क्रियाशील तीन नेपाली संस्था मिलेर धवलागिरि अस्पतालसहित गलकोट नगरपालिका र ताराखोला गाउँपालिकालाई अत्यावश्यक स्वास्थ्य सामग्री पठाएका छन् ।
गलकोट समाज जापान क्षेत्रीय समिति टोकियो, घुम्टे युवा परिवार जापान शाखा र जापानस्थित हार्मोनी प्रिस्कुल इन्टरनेशनलको संयुक्त सहकार्यमा सङ्कलित ती सामग्री आइतबार अस्पताल र पालिकाका स्वास्थ्य शाखालाई हस्तान्तरण गरिएको छ ।
गलकोट समाज बागलुङका अध्यक्ष राज थापाले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी राना मगर र ताराखोला गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक उदित थापा मगरलाई सामग्री प्रदान गरेका थिए ।
सीमित स्रोत साधनका बावजुत कोरोनाविरुद्ध सङ्घर्षरत अस्पताल र स्वास्थ्य संस्थालाई उपचार एवं व्यवस्थापनमा सघाउ पु-याउने उद्देश्यले ती संस्थाले जापानमा आर्थिक सहयोग अभियान चलाएका थिए ।
त्यसरी सङ्कलित रकमबाट स्वास्थ्य सामग्री÷उपकरण खरिद गरी पठाइएको गलकोट समाज जापान क्षेत्रीय समिति टोकियोका अध्यक्ष रमेशकुमार खत्रीले बताए। पिसिआर टेष्ट किट, एन्टिजिन टेष्ट किट, सर्जिकल मास्क, मेडिकल मास्क, पल्स अक्सिमिटर, थर्मोमिटर, फेस सिल्डलगायतका सामग्री सहयोग गरिएको उनको भनाइ छ ।
अस्पताल र दुई पालिकाका स्वास्थ्य शाखामा गरी कुल रु. सात लाख ३७ हजार बराबरको सामग्री पुगेको घुम्टे युवा परिवार जापान शाखाका अध्यक्ष दिलबहादुर थापा ‘रामु’ले बताए। निषेधाज्ञाका कारण नियमित हवाई उडानसमेत बन्द रहेको अवस्थामा कार्गो गरेर सामग्री पठाइएको उनको भनाइ छ । शाखाका सचिव दिनेश थापाका अनुसार आर्थिक सहयोग अभियानमा २९ जना स्वतःस्फूर्त रुपमा जोडिएका थिए ।
सम्बन्धित खबर
पोखरा-बागलुङ सडकका खाल्डाखुल्डी पुर्न थालियो
बागलुङ–कुश्मिसेरा सडक तीन महिनापछि सञ्चालन
ढोरपाटन २३ औं वर्षमा प्रवेश
बागलुङमा व्यावसायिक स्याउखेती
असारमा कालिका मन्दिरको आम्दानी १८ लाख
बागलुङमा सुत्केरी हुन नसकेपछि दुई गर्भवतीको हवाई उद्धार
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
कल्याण श्रेष्ठले सरकार ढाल्न लागेको चर्चाका बीच उनकै निवास पुगिन् प्रधानमन्त्री कार्की