हुलाक टिकटमा घान्द्रुक र अन्नपूर्ण आधार शिविरको तस्बिर राखिने

हुलाक टिकटमा घान्द्रुक र अन्नपूर्ण आधार शिविरको तस्बिर राखिने

Ghandruk, Kaski 1 (1)

सूर्य तिमिल्सिना,पोखरा । हुलाक टिकटमा कास्कीको अन्नपूर्ण गाउँपालिकामा अवस्थित घान्द्रुक र अन्नपूर्ण आधार शिविर पर्यटकीय क्षेत्रको तस्वीर प्रकाशन हुने भएको छ । नेपाल सरकार मन्त्रीपरिषदको बैठकले सो क्षेत्रको तस्विरलाई हुलाक टिकटमा छाप्ने निर्णय गरेको हो।

फिलाटेलिक तथा हुलाक टिकट ब्यबस्थापन कार्यालयबाट नेपालका महत्वपूर्ण सम्पदा,कला कौशलको सम्मानार्थ तथा प्रवर्धन गर्ने हेतुले सो बिषयहरु समेटी हुलाक टिकट प्रकाशन हुँदै आएको छ ।

गाउँपालिकाको पहलमा घान्द्रुक र अन्नपूर्ण आधार शिबिर चित्रांकित हुलाक टिकट छापिएपछी सो क्षेत्रमा पर्यटनको थप विकास गर्न टेवा पुग्ने अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले बताए । अन्नपूर्ण गाउँपालिकाले कृषि,पर्यटन र पूर्वाधारलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

सूर्य तिमिल्सिना

सूर्य तिमिल्सिना

तिमिल्सिना गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ