चुरे मास्ने होइन हराभरा बनाउने कार्यक्रम बजेटमा छन् : उपप्रधान तथा अर्थमन्त्री पौडेल

चुरे मास्ने होइन हराभरा बनाउने कार्यक्रम बजेटमा छन् : उपप्रधान तथा अर्थमन्त्री पौडेल

bishnu-paudel1_

काठमाण्डौ । उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले चुरेको विषयलाई लिएर विपक्षीले भ्रम छर्ने काम गरेको आरोप लगाएका छन्।

सोमबार नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) को आयोजनामा बजेट कार्यान्वयनका विषयमा भएको भर्चुअल अन्तरक्रियामा बोल्दै उनले चुरे, शिवालिक र भावर क्षेत्र तथा त्यहाँका नदीबाट एक डोको खनिज एवम् ढुङ्गा, गिट्टी, बालुवा ननिकाल्ने कुरामा सरकार प्रतिबद्ध रहेको बताएका हुन्।

चुरे विश्व कै कान्छो पहाड रहेको र त्यसको संरक्षणप्रति सरकार गम्भीर रहेको बताउँदै उनले भने, “चुरेबाट कुनै पनि खनिज ननिकाल्ने सरकारको स्पष्ट नीति छ, चुरे मास्ने होइन हराभरा बनाउने कार्यक्रम बजेटमा छन्।”

विपक्षीले बजेटमा कुनै कमजोरी नपाएपछि खोट खोज्ने क्रममा पुराना र तथ्यहीन कुरा उचालेर मानिसमा भ्रम छर्ने काम गरेको उनको आरोप लगाए ।

अन्तरक्रियामा बजेट सम्बन्धी विभिन्न विषयमा सहभागीले जिज्ञासा राखेका थिए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ