पर्वत । जिल्ला अस्पताल पर्वतमा चिकित्सक, उपकरण तथा भौतिक पूर्वाधार थप गरिएसँगै बिरामीका शल्यक्रियामा पनि वृद्धि हुन थालेको छ । सामान्य शल्यक्रियाका लागि बिरामीलाई पोखरा तथा काठमाडाँै लिएर जानुपर्ने अवस्थामा समेत सुधार आएको छ । कोरोनाको महामारीका बीचमा जिल्ला अस्पतालमा एक सय ३५ बिरामीको शल्यक्रिया गरिएको छ ।
अस्पतालका सूचना अधिकारी लक्ष्मण उपाध्यायका अनुसार कोरोनाको दोस्रो महामारी गत बैशाखदेखि शुरु भएपछि १३ गर्भवतीको जटिलखालको शल्यक्रिया गरिएको छ । गत साउनदेखि यही जेठ २० गतेसम्म कूल ६६ जटिल प्रकृतिको सुत्केरीको शल्यक्रिया गरिएको छ भने हर्नियाको १० ,हाइड्रोशिलका दुई र एक एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको छ । सोही अबधिमा ५६ माइनर शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ ।
“गत वर्ष पनि कोरोनाको महामारी कायमै रहेको बेलामा शल्यक्रिया सेवा पनि सञ्चालन भएका थिए । अहिले दोस्रो लहर चलिरहेको बेलामा पनि बिरामीलाई सेवा दिनको लागि हामी लागिरहेका छौँ ।” उनले भने, “चिकित्सक तथा स्वास्थ्यकर्मीहरू इमानदारीपूर्वक सेवामा लागिरहेका कारण यो सम्भव भएको हो । जोखिमको माझमा पनि बिरामीलाई सेवा दिनु हाम्रो को कर्तव्य हो ।”
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीले जिल्लाबासी सामान्य शल्यक्रियाका लागि पोखरा जानुपर्ने बाध्यता अन्त्य हुँदै गएको बताए । अस्पतालको स्तरोन्नति गर्दै सेवा सुविधा पनि थप भएपछि एमडिजिपी चिकित्सक सहितको टोलीबाट शल्यक्रियाका भइरहेको उनको भनाई छ ।
“अहिले अस्पतालको स्तरोन्नति गरिएको छ । पोखराका स्वास्थ्य संस्थामा प्राप्त गर्न सकिने विभिन्न स्वास्थ्य सुविधाको व्यवस्थापन अस्पतालमा नै गरिएको छ । अहिले सामान्य अवस्थामा बिरामीहरूलाई पोखरा वा अन्य अस्पतालमा रिफर गर्नुपर्ने बाध्यता हटेको छ ।” उनले भने “कोरोना कहरको यो विषम परिस्थितिमा पनि अस्पतालले मिर्गौला डायलिसिस, प्रसूति सेवा तथा आकस्मिक सेवालाई नियमित रूपमा सञ्चालन गरिएको छ ।”
सम्बन्धित खबर
आवासीय चिकित्सकको आन्दोलन : शुक्रबार देशभर ओपीडी बन्द
नयाँ वर्षमा स्नान गर्न पुगेकी एक महिला कालीगण्डकीमा बेपत्ता
पर्वतमा अन्तरजातीय विवाह गर्ने २८ जोडीलाई नगदसहित सम्मान
संरक्षण अभियन्ता आरके अदिप्त गिरी सम्मानित
पर्वतमा यसवर्ष आलु उत्पादन बढ्ने अनुमान
कालीगण्डकी कोरिडोर सडक : मालढुङ्गा–फर्से खण्ड कालोपत्र
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
पोखराको फिर्के पुल निर्माण ठेक्का तोड्यो सडक विभागले
भीमाद नगरपालिकाका प्रथम मेयर थापाको निधन