कास्कीका ८५ सहित गण्डकीमा थप ५६६ जनामा संक्रमण, १५ जनाको मृत्यु पुष्टि

कास्कीका ८५ सहित गण्डकीमा थप ५६६ जनामा संक्रमण, १५ जनाको मृत्यु पुष्टि

corona-Update

पोखरा ।  पछिल्लो २४ घण्टामा गण्डकीका ५६६ जनामा कोरोना पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोनासँग सम्बन्धि दैनिक विज्ञप्ति अनुसार गण्डकीका १ हजार ५९० जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

आज पुष्टि भएका संक्रमित प्रदेशका नौ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ८५ जना, तनहुँका ३० जना, गोरखाका ७२ जना, लमजुङका ५० जना, नवलपुरका १२१ जना र स्याङ्गजाका ३४ जना छन् ।

यस्तै, पर्वतका १९ जना, बाग्लुङका १२४ जना र म्याग्दी जिल्लाका ३१ जनामा कोरोना पुष्टि भएको जारी विज्ञप्तिमा जनाइएको छ ।

आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ४५ हजार ९८७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा गण्डकीबाट ५२३ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ३५ हजार ७७३ पुगेको छ।

शनिबार पनि गण्डकीमा १५ जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा कास्कीका सात जना,तनहुँका एक जना, गोरखाका एक जना, लमजुङका तीन जना, पर्वतका एक जना, बागलुङका एक जना र म्याग्दीका एक जना छन् ।

आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७४८ पुगेको निर्देशनालयले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ