नाकाबन्दीका कट्टर समर्थक र विरोधीको सरकारी गठबन्धन अस्वाभाविक : भट्टराई

नाकाबन्दीका कट्टर समर्थक र विरोधीको सरकारी गठबन्धन अस्वाभाविक : भट्टराई

baburam bhatarai

जनता समाजवादी पार्टीका नेता डा बाबुराम भट्टराईले नाकाबन्दीका कट्टर समर्थक र विरोधीको सरकारी गठबन्धन स्वभाविक नभएको प्रतिक्रिया दिएका छन् ।

सामाजिक संजाल ट्वीटमार्फत नेता भट्टराईले अन्धराष्ट्रवादको नारा दिएर पहाडी मतदाता ठग्ने र क्षेत्रियतावादको कुरा गरेर मधेशी मतदाता ठग्नेबीच सालनाल कहाँ जोडिएको रहेछ भनेर प्रश्न गरेका छन् ।

उनले लेखेका छन् – “यक्ष प्रश्न-संविधान जारी हुॅदा दीपावली गर्ने र ब्ल्याकआउट गर्नेको घाॅटी कसरी जोडियो?अन्धराष्ट्रवादको नारा दिएर पहाडी मतदाता ठग्ने र क्षेत्रीयतावादका कुरा गरेर मधेसी मतदाता ठग्ने कसरी एकै ठाम? नाकाबन्दीका कट्टर समर्थक र विरोधीको सालनाल कहाॅ जोडिएको रहेछ? दुबैको मुकुण्डो उत्रिएन त?”

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds