पोखरा । गण्डकी प्रदेशका प्रदेशप्रमुख सीताकुमारी पौडेलले स्वस्थ मानव जीवनका लागि वातावरणमैत्री सन्तुलित विकास आवश्यक रहेको बताएकि छन् । विश्व वातावरण दिवसका अवसरमा आज सम्पूर्ण मानवजातिलाई शुभकामना व्यक्त गर्दै उनले प्राणीजगत्को जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने वातावरण संरक्षणका विषयमा मानवजातिले विशेष ध्यान दिन नसक्दा आज विभिन्न खालका समस्या र चुनौती देखापरेको जनाउँदै स्वच्छ वातावरणतर्फ अग्रसर हुन आग्रह गरेकी हुन् ।
“स्वच्छ, सफा र हराभरा प्रकृति मानव र प्राणीजगत्को स्वस्थ जीवनसँग जोडिएको हुन्छ, प्राणीजगत्को जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने वातावरण संरक्षणको विषयमा मानवजातिले विशेष ध्यान दिन नसक्दा आज विभिन्न खालका समस्या र चुनौती देखापरेका छन्”, सन्देशमा भनिएको छ ।
मानवीय असन्तुलित क्रियाकलापका कारण एकमात्र जीवन सम्भव रहेको सौर्यमण्डलको ग्रह पृथ्वीमा रहेका प्राकृतिक स्रोत जल, जमीन, जङ्गल र वायु दिनप्रतिदिन प्रदूषित हुँदै गइरहेका छन् । त्यसका कारण विभिन्न समयमा प्राकृतिक प्रकोप र अनेक महामारी निम्तिरहेको सन्देशमा उल्लेख गरिएको छ । उनले यसलाई नियन्त्रण गर्न एकमात्र आधार भनेको वातावरणमैत्री सन्तुलित विकासका निम्ति तर्जुमा भएका नीतिनियम तथा कानूनको कडाइका साथ पालना गर्दै सोको कार्यान्वयनमा सबै सरोकारवाला निकायले आफ्नो जिम्मेवारी र कर्तव्य सम्झेर पालना गर्न सम्पूर्ण मानव जातिलाई आग्रह गरेकी छन् ।
अहिले कोरोना महामारीसँग मानवजगत् सङ्घर्ष गरिरहेको जनाउँदै महामारीलाई परास्त गर्न स्वच्छ हावा र गुणस्तरीय प्राकृतिक स्रोत तथा साधनको पनि उत्तिकै महत्व रहेको सन्देशमा उल्लेख छ । उहाँले यसको संरक्षण गर्दै दिगो विकास र वातावरण संरक्षण, संवद्र्धन तथा व्यवस्थापन गर्नेतर्फ सबैले जिम्मेवारी र दायित्व बोध गरेर अघि बढ्न आह्वानसमेत गरेकी छन्।
संयुक्त राष्ट्र सङ्घको आह्वानमा सन् १९७३ जुन ५ देखि विश्व वातावरण दिवस मनाइँदै आइएको छ । मानव र प्राणीजगत्को जीवन र सभ्यताको प्रमुख आधारका रुपमा रहेको प्रकृतिको संरक्षण गर्ने उद्देश्यका साथ मनाउन थालिएको वातावरण दिवसको यस वर्षको राष्ट्रिय नारा ‘नयाँ सोच र सिर्जना, प्राकृतिक प्रणालीको पुनस्र्थापना’ भन्ने छ । नेपालको संविधानले पनि सबै नेपालीका लागि स्वच्छ वातावरणमा बाँच्न पाउने मौलिक हक सुनिश्चित गरेको छ भने सरकारले सन्तुलित, दिगो र तीव्र आर्थिक सामाजिक विकासका लागि वातावरणमैत्री नीति तथा प्रविधिको उपयोग र प्रवद्र्धन गर्ने नीति लिएको छ ।
सम्बन्धित खबर
गुरुङ र मगर भाषालाई सरकारी कामकाजको भाषा बनाइने
नागीधार महोत्सव एक दिन थप
कुमारी ब्युटीको उद्घाटनमा रीमाले भनिन्, ‘आफूले प्रयोग गर्ने प्रडक्टबारे चेतना जरुरी छ’
माछापुच्छ्रे –९, सिधिङमा साविक वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
पोखरामा आजदेखि दाइँ महोत्सव
कास्कीको मादीमा नागीधार महोत्सव सुरु
यो पनि पढौँ
स्याङ्जाका निरजलाई आठौं पटक ठेलोको उपाधि
तनहुँमा बसबाट खसेर सहचालक पोखराका युवकको मृत्यु
पर्वतको कुश्मामा कपास उद्योगमा आगलागी
पोखराको ढुंगेसाँघु मेला निरन्तर