पार्टीले असंवैधानिक तरिकाले कारवाही गरेको भन्दै थापाद्वारा सर्वाेच्चमा रिट

पार्टीले असंवैधानिक तरिकाले कारवाही गरेको भन्दै थापाद्वारा सर्वाेच्चमा रिट

krishna-thapa-rajmo

पोखरा । गण्डकी प्रदेशसभा सदस्यबाट पदमुक्त भएका राष्ट्रिय जनमोर्चाका नेता कृष्ण थापाले कारबाही फिर्ताका लागि सर्वाेच्च अदालतमा रिट दायर गरेका छन् ।

उनले आफूले पार्टी नछोडेको र ह्वीप पनि उल्लंघन नगरेको भन्दै विना आधार पार्टीले असंवैधानिक तरिकाले कारबाही गरेको भन्दै सर्वोच्चमा रिट दर्ता गरेका हुन् ।

उनले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङकै निरन्तरता चाहेका थिए । कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री बनाउन दाबीपत्रमा हस्ताक्षर गर्न नमानेपछि बिहीबार जनमोर्चाले गण्डकी प्रदेश सभा सदस्यबाट हटाएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 3 seconds