सर्वोच्च अदालतका सबै न्यायाधीशहरुको बैठक आज बस्दै

सर्वोच्च अदालतका सबै न्यायाधीशहरुको बैठक आज बस्दै

Supreme_Court_sarbochcha_adalat_sarbocha1

काठमाडौँ । सर्वोच्च अदालतको फुलकोर्ट अर्थात् सबै न्यायाधीशहरुको बैठक आज शुक्रबार बस्दै छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्चका २० जना न्यायाधीश नै सहभागी हुनेगरी आज पूर्ण बैठक बोलाएका हुन् ।

बैठकमा कोरोना संक्रमणका कारण प्रभावित भएको अदालतको सेवाबारे र विविध विषयमा छलफल हुने सूचनामा उल्लेख छ ।

विविध विषयअन्तर्गत वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गर्न नियमावली संशोधन गर्नेबारे पनि छलफल हुन सक्ने जनाइएको छ ।

संसद विघटनको मुद्दामा संवैधानिक इजलासमा नेकपाको एकता बदर गर्ने न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र तेजबहादुर केसीको उपस्थितिबारे प्रश्न उठेपछि सुनुवाइ नै रोकिएको छ ।

इजलासमा प्रश्न उठेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले नियमावली संशोधन गरेर नयाँ इजलास गठन गर्ने प्रतिबद्धता जनाएका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds