पोखरा । राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य कृष्ण थापाको सांसद पद खारेज गरिएको छ । राजमोको आज बिहीबार बसेको केन्द्रीय बैठकले थापाको सांसद पद खारेज गरेको हो ।
राजमोका केन्द्रीय महासचिव मनोज भट्ट र प्रदेशसभाअन्तर्गत राजमोकी सचेतक पियारी थापाले उनलाई सांसद पदबाट हटाइएको पत्र संसद सचिवालयलाई पठाएका थिए । संसद सचिवालयले उनको सांसद पद खारेज गरिएको पत्र दर्ता गरिसकेको छ ।
सरकारविरुद्ध ल्याएको अविश्वासको प्रस्तावमाथि पार्टीले सहयोग गर्न ह्वीप नै जारी गरिरहँदा थापाले पार्टीको निर्देशन उल्लंघन गर्दै एमालेलाई सहयोग गर्दै आएका थिए । थापा बाग्लुङ १ को ‘क’ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।
सम्बन्धित खबर
पोखराका होटलमा राखी चार बालिकालाई यौनकार्यमा लगाउने तीन युवती पक्राउ
१७ औं हिसान कास्की स्पोर्ट्स मीट मंसिर ११ गते सुरू हुँदै, प्रदेश प्रमुखले उद्घाटन गर्ने
हप्ताभर विविध कार्यक्रम गरी पोखरामा राष्ट्रिय कर दिवस तथा कर सप्ताह मनाइयो
एमालेका वडा अधिवेशन मंसिरभित्रै हुने
चाडपर्वमा खर्चको जोहो गर्न राउटे टोली पोखरामा
करमा छलकपट गर्नेलाई बढी दण्ड: प्रमुख कर अधिकृत शर्मा
यो पनि पढौँ
तनहुँ दुर्घटना: बस चालककाे मृत्यु, ३० घाइते [नामावलीसहित]
पोखरा हेम्जामा मध्यराती दुर्घटना हुँदा दोहोरी गायक किरण अधिकारीको मृत्यु
तनहुँको गोरेचौतारामा दुई बस ठोक्किँदा २९ जना घाइते
पोखरामा रिसोर्टको जग खन्ने क्रममा पुरिएर मजदुरको मृत्यु, चार घाइते