पोखरा । गण्डकी प्रदेश सरकारले उच्च शिक्षालाई ज्ञान, सीप, प्रविधि र अनुसन्धानमा आधारित बनाउने तयारी गरेको छ । आर्थिक वर्ष २०७८/७९ को बजेटका सिद्धान्त र प्राथमिकता गण्डकी प्रदेशसभाको बैठकमा प्रस्तुत गर्दै अर्थमन्त्री किरण गुरुङले दक्ष जनशक्ति उत्पादनका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिममा जोड दिँदै उच्च शिक्षालाई ज्ञान, सीप, प्रविधि र अनुसन्धानमा आधारित बनाउन आवश्यक व्यवस्था गरिने जानकारी दिए ।
गण्डकी विश्वविद्यालय र गण्डकी प्राविधिक प्रतिष्ठानको भौतिक तथा शैक्षिक पूर्वाधार निर्माण गरी क्रमशः अध्ययन अध्यापन शुरुआत् गर्न पहल गरिने उनले बताए । प्रदेशको विभिन्न जातीय, धार्मिक, सामाजिक, भाषिक तथा साँस्कृतिक विविधतालाई संरक्षण एवम् सम्वद्र्धन गर्दै प्रदेशभित्रका संग्रहालय, धार्मिक तथा पुरातात्विक महत्वका संरचनाको विकास, विस्तार र संरक्षण गरिने उनले बताए ।
भाषा, साहित्य, कला र संस्कृतिलाई संरक्षण र विकास गर्न गठित प्रज्ञा प्रतिष्ठानलाई प्रभावकारी रुपमा अगाडि बढाइने सिद्धान्त र प्राथमिकतमा उल्लेख छ । खेलकूद पूर्वाधार निर्माण र खेलाडीलाई प्रोत्साहित गर्दै खेलकूद क्षेत्रको समग्र विकासलाई प्राथमिकता दिइने उल्लेख गर्दै मन्त्री गुरुङले अन्तर्राष्ट्रिय स्तरका तत्तसम्बन्धी पूर्वाधार निर्माणमा जोड दिइने बताए।
युवाको सीप र नेतृत्व क्षमतालाई प्रस्फुटित गर्दै विकासमा युवाको सहभागिता अभिवृद्धि गर्न उनीहरूलाई उद्यमशील, स्वरोजगार र स्वावलम्बी बनाउन आवश्यक कार्यक्रम ल्याउने प्रदेश सरकारले जनाएको छ । खेलकूदको विकासका लागि गण्डकी प्रदेश खेलकुद परिषद र जिल्ला खेलकुद विकास समितिलाई प्रभावकारी रुपमा सञ्चालन गरिने मन्त्री गुरुङले जानकारी दिए ।
सम्बन्धित खबर
गण्डकी प्रदेशलाई ‘वेलनेस’ टुरिजमको हव बनाऔँ : मुख्यमन्त्री पाण्डे
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरा आएर एमाले महासचिवले भने : मेयर हारेको विषयबाट पाठ सिकेर एकढिक्का हुनुस्
पड्किएको बेलुन बेच्ने कमलेश हाजिरी जमानीमा रिहा
घर–घर पुगेर जनता भेट्दै एमाले, कास्कीमा शुक्रबारदेखि अभियानको सुरूवात
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो