पोखरा । पछिल्लो २४ घण्टामा गण्डकीका ९०६ जनामा कोरोना पुष्टि भएको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोनासँग सम्बन्धि दैनिक विज्ञप्ति अनुसार गण्डकीका २ हजार ३११ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।
आज पुष्टि भएका संक्रमित प्रदेशका ११ जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ३०३ जना, तनहुँका ७० जना, गोरखाका ९८ जना, लमजुङका ८२ जना, नवलपुरका ८५ जना र स्याङ्गजाका ९३ जना छन् ।
यस्तै, पर्वतका ३९ जना, बाग्लुङका ७३ जना म्याग्दीका ४७ जना, मुस्ताङका १५ जना र मनाङ जिल्लाका १ जनामा कोरोना पुष्टि भएको जारी विज्ञप्तिमा जनाइएको छ ।
आज थपिएकासंगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ४४ हजार ७४१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा गण्डकीबाट १०५३ जना कोरोनामुक्त भएका छन् । योसंगै, प्रदेशमा कोरोनामुक्त हुनेको संख्या ३४ हजार ३०४ पुगेको छ।
सोमबार पनि गण्डकीमा १६ जनाको मृत्यु पुष्टि भएको छ । आज मृत्यु पुष्टि हुनेमा कास्कीका सात जना, गोरखाका एक जना, नवलपुरका दुई जना, स्याङ्गजाका दुई जना, बागलुङका तीन जना र मनाङका एक जना छन् ।
आज मृत्यु पुष्टि भएकासंगै गण्डकीमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७२३ पुगेको निर्देशनालयले जनाएको छ ।

सम्बन्धित खबर
रोटरी क्लबद्वारा हाईकिङको माध्यमबाट कास्कीकोटको प्रवर्द्धन
लामाचौरमा शिव दर्शन यात्रा, घार्मीमा शिव महिमा
पोखरामा लागू औषध गाँजासहित एकजना पक्राउ
कास्कीमा एकनाले भरुवा बन्दुकसहित १ जना पक्राउ
छोराको सम्झनामा जसले आफ्नो सबै सम्पत्ति प्रतिष्ठानमा सुम्पिए
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखराका सामाजिक अगुवा लीलाभक्त आचार्यको निधन