काठमाण्डौ । अक्सिजन सिलिन्डर, ह्यान्ड स्यानिटाइजर, अक्सोमिटर, मास्क, पञ्जा, रेम्डिसिभिरलगायतका स्वास्थ्य सामग्रीका साथै अन्य अत्यावश्यक सामग्रीको कालोबजारी गर्ने ३७ जनालाई प्रहरीले पक्राउ गरी कारवाही गरेको छ ।
पछिल्लो एक महिनाको अन्तरालमा उनीहरुलाई विभिन्न जिल्लाबाट पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । कोभिड–१९ सङ्क्रमणको समयमा त्यसको फाइदा उठाउँदै उनीहरुले कालोबजारी गरेकाले कालोबजारी तथा केही अन्य सामाजिक अपराध ऐन, २०३२ अन्तर्गतको कसूरमा अनुसन्धान मुद्धा चलाइएको प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए ।
पक्राउ परेका मध्ये १२ अक्सोमिटर, ८ पिसिआर परीक्षणको नक्कली प्रतिवेदन बनाउने, ४ जना ह्यान्ड स्यानिटाइजर कालोबजारी गर्ने, ३ जना अक्सिजन सिलिन्डर कालोबजारी गर्ने तथा ५ जना प्रहरीमाथि अभद्र व्यवहार गर्नेलगायत रहेका छन् ।
उनीहरुबाट १३ हजार ७ सय ५६ लिटर स्यानिटाइजर तथा करिब २५ हजार लिटर नक्कली स्यानिटाइजर, ५५ वटा अक्सोमिटर तथा ७६५ वटा नक्कली अक्सोमिटर, छ हजार ६०० लिटर इथानोल रसायन, विभिन्न स्टिकर, ४६ वटा कार्टुन विभिन्न औषधिलगात बरामद गरिएको छ ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो