शुक्लागण्डकी नगरपालिका -९ स्थित सेती नदीमा महिलाको शव फेला

शुक्लागण्डकी नगरपालिका -९ स्थित सेती नदीमा महिलाको शव फेला

seti-river

तनहुँ । तनहुँमा एक महिलाको शव फेला परेको छ ।

मंगलबार बिहान अन्दाजी ६:३० बजेको समयमा जिल्लाको शुक्लागण्डकी नगरपालिका वडा नं -९ स्थित सेती नदीको बीच भागको बगरमा महिलाको शव फेला परेको प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए ।

सिलवालका अनुसार मृतक म्याग्दी जिल्ला अन्नपूर्ण गाँउपालिका वडा नं -८ काफलडाँडा घर भई हाल शुक्लागण्डकी -२ स्थित चुङ्गेडाँडा बस्दै आएकी ५५ वर्षीया निरीमाया पाईजा रहेकी छन् । उनको मृत्युको कारणबारे खुलिसकेको छैन ।

घटनाको जानकारी लगत्तै पुगेको प्रहरीको टोलीले घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ