जसपा विवाद : ठाकुर र महतोसहित चार नेता निष्कासित

जसपा विवाद : ठाकुर र महतोसहित चार नेता निष्कासित

thakur-mahato-jasapa

काठमाण्डौ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ ।

जसपाको उपेन्द्र–बाबुराम पक्षले पार्टी अध्यक्ष महन्थ ठाकुरसहित चारजना नेतालाई निष्कासको घोषणा गरेको हो । यो घोषणापछि जसपा औपचारिक रुपमा विभाजनको संघारमा पुगेको छ ।

मंगलबार बसेको कार्यकारिणी बैठकले ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्ण, सर्वेन्द्रनाथ शुक्लालाई पार्टी सदस्यबाट निष्कासन गरेको हो ।

यसअघि दुवै पक्षले एक अर्कालाई निष्कासनको चेतावनीसहित २४ घण्टे स्पष्टीकरण सोधेका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ