नेपाल र ओली समूहका नेताबीच छलफल, पार्टी एकताका लागि वार्ता प्रयास

नेपाल र ओली समूहका नेताबीच छलफल, पार्टी एकताका लागि वार्ता प्रयास

kp-oli-madhav-nepal_

काठमाण्डौ। नेकपा एमालेमा फेरि औपचारिक वार्ता गर्ने प्रयास सुरु भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरूबीच साेमवार राती छलफल भएको हो। याक एण्ड यति होटेलमा दुई समूहका दोस्रो तहका नेताहरुबीच छलफल भएको बताइएको छ ।

पार्टीलाई २०७५ जेठ २ को आसपासमा फर्काएर सहमति खोज्ने विषयमा छलफल भएको एमाले स्राेतले बताएकाे छ।

छलफलमा ओली समूहबाट सुवास नेम्वाङ, विष्णु पौडेल र प्रदीप ज्ञवाली तथा नेपाल समूहका सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, योगेश भट्टराई र गोकर्ण विष्ट सहभागी रहेकाे जनाइएकाे छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds