आजको मौसमः देशका केही स्थानमा वर्षाको सम्भावना

आजको मौसमः देशका केही स्थानमा वर्षाको सम्भावना

mausam

हाल देशमा पश्चिमी वायु, स्थानीय वायु र भारतको विहार तथा यसको आसपास बनेको न्यून चापीय क्षेत्रको (Cyclonic Circulation) सामान्य प्रभाव छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान प्रदेश १, बागमती, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली र देशका अन्य भू–भागहरुका स्थानहरुमा आंशिक बदली रही प्रदेश १, बागमती, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेश एकदुई स्थानहरुमा हल्का वर्षा भएको छ ।

मंगलबार आज दिउँसो देशका अधिकांश भू–भागमा सामान्य बदली रहनेछ । देशभर केही स्थानहरूमा मेघगर्जन÷चट्याङ्ग÷हावाहुरी सहित हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती, गण्डकी प्रदेश र सुदुर पश्चिम प्रदेशका एकदुई स्थानमा मध्यम वर्षाको समेत सम्भावना रहेको छ ।

यस्तै, राति प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक देखी सामान्य बदली र वाँकी भूभागमा आंशिक बदली रहनेछ । प्रदेश प्रदेश १ का थोरै स्थानहरु र बाँकी प्रदेशमा एकदुई स्थानमा मेघगर्जन÷चट्याङ्ग सहित हल्का सम्भावना रहेको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds