संघबाट पाउने बजेटमा सबैभन्दा धेरै बजेट पोखरा महानगरलाई

संघबाट पाउने बजेटमा सबैभन्दा धेरै बजेट पोखरा महानगरलाई

pokhara-mahanagar

पोखरा ।  संघ सरकारले आगामी आर्थिक वर्षका लागि ६ महागरपालिकालाई १० अर्ब ९ करोड २८ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । जसमा आगामी आर्थिक वर्ष २०७८/७९ का लागि संघ सरकारबाट प्रदेश र स्थानीय तहमा जाने बजेटमा पोखरा महानगरपालिकाले सबैभन्दा धेरै बजेट पाएको छ ।

अन्तरसरकारी वित्तीय हस्तान्तरणअन्तर्गत पोखरा महानगरपालिकाले सबैभन्दा बढी २ अर्ब ५६ करोड, काठमाडौं महानगरपालिको २ अर्ब १ करोड रुपैयाँ बराबरको बजेट पाएको छ भने, सबैभन्दा कम बजेट बिराटनगर महानगरपालिकाले १ अर्ब १९ करोड ५३ लाख रुपैयाँ बराबर मात्रै पाएको छ ।

कुनले कती पाए ? 

  • काठमाडौं महानगरपालिका
    काठमाडौं महानगरपालिकाले २ अर्ब १ करोड ३७ लाख रुपैयाँ बराबरको बजेट पाएको छ । काठमाण्डौले समानीकरण अनुदानमा ७५ करोड २८ लाख र सशर्त अनुदानमा १ अर्ब २६ करोड ९ लाख गरी २ अर्ब १ करोड ३७ लाख रुपैयाँ बराबरको बजेट पाएको हो ।
  • ललितपुर महानगरपालिका
    ललितपुर महानगरपालिकाले १ अर्ब २२ करोड ५४ लाख रुपैयाँ बराबर बजेट पाएको छ।
  • भरतपुर महानगरपालिका
    भरतपुर महानगरपालिकाले १ अर्ब ६४ करोड २८ लाख रुपैयाँ बराबरको बजेट पाएको छ ।
  • पोखरा महानगरपालिका
    पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २ अर्ब ५६ करोड १६ लाख रुपैयाँ बराबरको बजेट संघ सरकारबाट पाएको छ । जसमा चालुतर्फ २ अर्ब १६ करोड ५० लाख र पुँजीगततर्फ ३९ करोड ६६ लाख रुपैयाँ बराबरको बजेट महानगरले पाएको छ ।

  • वीरगञ्ज महानरपालिका
    वीरगंज महानगरपालिकाले १ अर्ब ४५ करोड ४० लाख रुपैयाँ बराबरको बजेट पाएको छ ।
  • बिराटनगर महानगरपालिका
    बिराटनगर महानगरपालिकाले १ अर्ब १९ करोड ५३ लाख रुपैयाँ बराबरको बजेट पाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds