काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरस सङ्क्रमणका कारण आफ्ना २३ जना प्राध्यापक तथा कर्मचारी गुमाएको जनाएको छ ।
त्रिविको सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगेन्द्रप्रसाद दाहालले सङ्क्रमणका कारण ११ शिक्षक र १२ कर्मचारीको निधन भएको बताए। सहप्राध्यापकद्वय किशोर महर्जन र डा. शेरजङ्ग खड्का, उपप्राध्यापकमा शङ्कर सुवेदी, विनय प्रसाई, दिपक मैनाली, निमा शेर्पा र उमेश यादव, शिक्षण सहायकमा धर्मेन्द्र महर्जन र डोलबहादुर भण्डारी तथा आंशिक शिक्षकमा मनोज चौरसिया र नविन कर्णको सङ्क्रमणका कारणले निधन भएको छ ।
त्रिविले अहिलेसम्म ६१६ जना शिक्षक, कर्मचारी सङ्क्रमित भएको जनाएको छ । त्रिविले सङ्क्रमणको दोस्रो लहर शुरु भएपछि सबै परीक्षा स्थगन गरेको छ । सङ्क्रमणका कारण त्रिविका ७९ शिक्षण इकाइले पूर्ण रुपमा र ३० वटा निकायले आंशिक रुपमा अनलाइन कक्षा सञ्चालन गरिरहेको महाशाखा प्रमुख दाहालले जानकारी दिए । आंक्षिक अनलाइन कक्षा सञ्चालन भएकोमध्ये ९० प्रतिशतभन्दा बढी निकायमा ५० प्रतिशत भन्दा बढी कक्षा भइरहेका छन् ।
त्रिविले चार वटा निकायमा अनलाइन कक्षा सञ्चालनको तयारीमा रहेको छ ।
सम्बन्धित खबर
प्रतिभाका विद्यार्थीबीच ‘सीमसार बहस’
विद्यार्थी घटेपछि पर्वतका दुई क्याम्पस गाभिए
पृथ्वीनारायण क्याम्पसका प्रमुख प्राडा पाठकले पदभार ग्रहण गरे
कक्षा १० को परीक्षा प्रदेशमा हस्तान्तरण गर्छौं : शिक्षामन्त्री भट्टराई
प्याब्सन दिवसमा शान्ति निकेतनकी अदितिसँगै १७ जना सम्मानित
त्रिभुवन विश्वविद्यालयबाट १४ हजार दीक्षित
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो