अन्तराष्ट्रिय डाइरेक्टर पदमा बुर्लाकोटीको उम्मेद्वारी, भन्छन् – ‘जित सुनिश्चित छ’

अन्तराष्ट्रिय डाइरेक्टर पदमा बुर्लाकोटीको उम्मेद्वारी, भन्छन् – ‘जित सुनिश्चित छ’

189060653_526289658526807_5689635958893863414_n

पोखरा । सामाजिक सेवामा विश्वव्यापी ब्राण्ड बनाएको लायन्स क्लब अन्तराष्ट्रियको मल्टीपल ३२५ को यही जेठ २१ र २२ गते अधिवेशन हुने भएको छ ।

अधिवेशन नजिकिएसंगै अन्तराष्ट्रिय डाइरेक्टर पदमा ‘को चुनिने’ भन्ने बिषयले अझ बढी महत्व पाएको छ ।

डिष्ट्रिक ३२५ बि १ को तर्फबाट अन्तराष्ट्रिय डाइरेक्टर पदमा उमेदवार बनेका बालकृष्ण बुर्लाकोटी सहज जितको अपेक्षा सहित सामाजिक सेवा र चुनावी अभियान दुबैमा लागिपरेका छन् । बुर्लाकोटीलाई नजिकबाट चिन्नेहरु उनको अद्भुत नेतृत्व क्षमता र लोकप्रिय व्यक्तित्वका कारण पनि उनको सहज जितको आँकलन गर्दछन् ।

‘यदि तपाइको जित भएमा देशलाई के फाइदा हुन्छ ?’  भन्ने हाम्रो सवालमा उनी भन्छन् – “ठुला र स्थायी परियोजना भित्राउने र सामाजिक कार्यमा नेपाललाई विश्वभर चिनाउने मेरो योजना छ ।”  नेपालमा हाल ४ वटा डिष्ट्रिक रहेको र सबैबाट उल्लेख्य सहयोग र सद्भाब आफुप्रति रहेको बताउने बुर्लाकोटी लायन्स अभियानलाई नेपालमा सामाजिक सेवाको पर्यायको रुपमा स्थापित गरी छाड्ने अठोट आफुसँग रहेको बताउँछन् ।

अन्तराष्ट्रिय डाइरेक्टर पदका लागि नेपालबाट बुर्लाकोटी बाहेक डिष्ट्रिक ३२५ ए १ बाट खगेन्द्र सिटौला समेत छन् भने, हालसम्म उक्त पदमा नेपालबाट सन्जय खेतान मात्र पुग्न सकेका छन् । स्मरण रहोस् हालको असहज परिस्थितीमा समेत लायन्सले आफ्नो सामाजिक धर्म विभिन्न कार्य मार्फत निभाउदै आइरहेको छ ।

हालैमात्र पोखरामा १०० बेडको कोरोना अस्पताल समेत लायन्स क्लब डिष्ट्रिक ३२५ बि १ को सहयोगमा सम्पन्न भई संचालनमा आइरहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds