काठमाडौँ । नयाँ भेरियन्टसहितको कोरोना तीव्ररूपमा फैलिन थालेपछि बिपी सङ्ग्रहालय सुन्दरीजलले शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जभित्रको मूलखर्क र ओखरेनीमा स्वास्थ्य उपचार केन्द्र स्थापना गर्ने भएको छ ।
गोकर्णेश्वर नगरपालिका–१ का यी दुई गाउँमा अक्सिजनसहितको स्वास्थ्य जाँच केन्द्र स्थापना गर्न लागिएको सङ्ग्रहालयका अध्यक्ष परशुराम पोखरेलले जानकारी दिए । काठमाडौँ उपत्यकाका दुर्गम बस्ती मध्येमा पर्ने यी गाउँमा कोरोनाका बिरामी बढ्न थालेपछि प्रारम्भिकरूपमा स्वास्थ्य जाँचसहित अक्सिजन सेवा दिन उपचार केन्द्र स्थापना गर्न लागिएको हो । केन्द्रमा सुन्दरीजल स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीले स्वास्थ्य सेवा दिनेछन् ।
केन्द्रमा आवश्यकतानुसार विशेषज्ञ स्वास्थ्य सेवासमेत उपलब्ध गराइने सङ्ग्रहालयले जनाएको छ । बिरामीलाई थप उपचार आवश्यक परे निःशुल्क एम्बुलेन्स सेवासहित सुविधासम्पन्न अस्पतालमा लगिने छ । होम आइसोलेशनमा बसेका बिरामीलाई समेत अस्पताल जान एम्बुलेन्स आवश्यक परे निःशुल्क सेवा दिइने छ । कोरोना र अन्य रोगका लागि अक्सिजन सेवा आवश्यक पर्ने बिरामीले अक्सिजन नपाए निःशुल्क उपलब्ध गराइने जनाइएको छ ।
सम्बन्धित खबर
नेपाल लिटरेचर फेस्टिभल पोखरामा फागुन १५ गतेदेखि
पश्चिमाञ्जल इन्जिनियरिङ क्याम्पसमा गुञ्जिए साहित्य र संगीत सर्जक
प्रेस सेन्टर गण्डकीको अध्यक्षमा पुनः काफ्ले
माघ २२ गते एकैदिन प्रदेश स्थापना दिवस र सरकार स्थापना दिवस मनाइने
रविको बयान सकियो, थुनछेक बहस भोलि मात्रै
भूकम्पबाट सगरमाथा राष्ट्रिय निकुञ्जको भवनमा क्षति
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते