पोखरा । पश्चिमाञ्चल होटल संघ पोखराले होटल संचालक, कर्मचारी र मजदूरले कोभिड– १९ विरुद्धको खोप लगाएपछि मात्र व्यवसाय संचालन गर्न सकिने स्पष्ट पारेको छ । संघका अध्यक्ष विकल तुलाचनले एक विज्ञप्ति जारी गरी निषेधाज्ञा हटे पनि होटलका कर्मचारी र परिवारको जीवन जोखिममा राखेर व्यवसाय संचालन नगर्ने स्पष्ट पारेका हुन् ।
विज्ञप्तिमा भनिएको छ– काठमाण्डौं बाहेक अन्य बाहिरी जिल्लाहरुमा पनि अतिथि सेवामा पाहुनाहरुसँग प्रत्यक्ष रुपमा खटिने होटल संचालक तथा कर्मचारीहरुलाई कोभिड विरुद्धको खोप प्रदान गर्न सम्बन्धित निकायमा पटक पटक ध्यानाकर्षण गरेता पनि सो सम्बन्धि सुनुवाई नभएकोले अविलम्ब प्राथमिकताको आधारमा कोभिड विरुद्धको खोप प्रदान गर्न अपिल गर्दछौं ।
कोभिड १९ को दोस्रो लहरले गत बैशाख १५ गतेबाट उद्योगधन्दा लगायत सम्पूर्ण व्यवसाय र जनजिवन ठप्प रहेको स्मरण गराउँदै विज्ञप्तिमा विभिन्न देशमा आम नागरिकलाई कोभिड १९ विरुद्धको खोप लगाइएको स्थानमा जीवन पुनः लयमा फर्कन थालेको स्मरण गराइएको छ । यसै गरी नेपालमा पनि प्राथमिकताको आधारमा पटक पटक खोप कार्यक्रम ल्याइएको भएता पनि काठमाण्डौं केन्द्रित पर्यटन व्यवसायीलाई मात्र प्राथमिकताको आधारमा खोप कार्यक्रम सम्पन्न गरिएको भन्दै यस क्षेत्रका पर्यटन व्यवसायीलाई पनि खोपको प्राथमिकतामा समेट्न संघले आग्रह गरेको छ ।
सम्बन्धित खबर
१५ औं वार्षिकोत्सवको अवसर पारी युनाईटेड क्लबद्वारा पोखरा बृद्धाश्रममा खाद्यान्न वितरण
अन्तराष्ट्रिय उडान नियमित गर्न सबैको पहल आवश्यक छः मन्त्री बस्याल
सम्झौता समयअगावै राङ्खोला – बिरुवा जोड्ने सडक कालोपत्रे
गण्डकी कोटिहोम महायज्ञको भूमि पूजन बैशाख ३ गते गरिँदै
बद्रीले नचाए आलु महोत्सवका दर्शक
पुतलीबजार मेयर कपको उपाधि वडा ७ र १२ लाई
यो पनि पढौँ
पोखरामा पेट्रोल पम्प जोडिएको घरमा लागेको आगो समयमै निभाउँदा ठूलो क्षति टर्यो
पोखरा पृथ्वीचोकमा ट्रकले ठक्कर दिँदा स्कुटरमा सवार शिवराजको मृत्यु
सङ्खुवासभामा लेक लागेर तनहुँका डाक्टर सिग्देलको मृत्यु
गण्डकी र लुम्बिनी जोड्ने पक्की पुल निर्माण