संविधान र लोकतन्त्रका पक्षमा सशक्त आवाज उठाउन विपक्षी गठबन्धनको आग्रह

संविधान र लोकतन्त्रका पक्षमा सशक्त आवाज उठाउन विपक्षी गठबन्धनको आग्रह

bipaxi

काठमाडौँ । विपक्षी दलको गठबन्धनले नेपालको संविधान र लोकतन्त्रका पक्षमा एकताबद्धरुपमा सशक्त आवाज उठाउन र दृढताका साथ अग्रसर हुन सम्पूर्ण राजनीतिक दलका नेता र कार्यकर्ता तथा जनसमुदायमा विपक्षी गठबन्धनले आह्वान गरेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बसेको विपक्षी दलका शीर्ष नेताको बैठकले ‘संविधानविपरीत र अलोकतान्त्रिक कामकारवाहीमा सहयोगी नहुन’ राज्यका सबै अङ्ग र निकायलाई आग्रह गरेको छ ।

बैठकपछि संयुक्त विज्ञप्तिमार्फत गठबन्धनले प्रतिनिधिसभाको पुनःस्थापना र प्रतिनिधिसभाका १४९ सदस्यको हस्ताक्षरमा वैकल्पिक प्रधानमन्त्रीका रुपमा विधिवत् दावी प्रस्तुत गरिसकिएको जनाउँदै देश र जनतालाई दीर्घकालीन असर पर्ने किसिमका कुनै पनि कामकारवाही नगर्न सरकारलाई चेतावनीसमेत दिएको छ ।

विज्ञप्तिमा कांग्रेस सभापति देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले हस्ताक्षर गरेका छन् ।

सङ्घीय संसद्मा पेश हुनुपर्ने बजेट अध्यादेशबाट ल्याइएकामा रोष प्रकट गर्दै विज्ञप्तिमा देश कोरोना महामारीबाट आक्रान्त भइरहेका अवस्थामा संविधानको अवहेलना र उल्लङ्घन गर्ने काम एकपछि अर्को गरी भइरहेको आरोप पनि लगाइएको छ । संवैधानिक सर्वोच्चता, कानूनी शासन प्रणाली र स्वतन्त्र न्यायालय रहेको मुलुकमा सर्वोच्च अदालतबाट संवैधानिक व्यवस्थाको संरक्षण भई न्याय प्राप्त हुने विश्वास गठबन्धनले व्यक्त गरेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

रासस

रासस

राष्ट्रिय समाचार समिति नेपालकाे सरकारी समाचार संस्था हाे ।

ट्रेन्डिङ