पोखरा । गण्डकी प्रदेशको बजेट अधिवेशन आइतबार आजबाट सुरु हुँदैछ ।
मन्त्रीपरिषद्को सिफारिसमा जेठ ११ मा प्रदेश प्रमुख सीताकुमारी पौडेलले बजेट अधिवेशन डाकेकी थिइन् ।
आज दिउँसो एक बजे बस्ने बजेट अधिवेशनको पहिलो बैठकमा दलका नेताहरुले धारणा राख्ने कार्यसूची रहेको छ ।
भोलिपल्ट बजेटका सिद्धान्त तथा प्राथमिकता सार्वजनिक गरिने छ । त्यसपछि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी छ । प्रदेश सरकारलाई असार १ गते बजेट ल्याउनै पर्ने संवैधानिक बाध्यता छ ।
यही अधिवेशनमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने छन् ।
नेकपा एमालेको ओली निकट गुरुङ वैशाख २९ गते दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका थिए ।
नियुक्त भएको मितिले ३० दिनभित्र विश्वासको मत लिनैपर्ने संवैधानिक प्रावधानअनुसार उनले यस अधिवेशनमा विश्वास माग्नेछन् । उनले विश्वासको मत नपाए प्रदेशसभा मध्यावधि निर्वाचनतिर धकेलिने सम्भावना छ ।
गण्डकी प्रदेशसभामा ३ सदस्य भएको राष्ट्रिय जनमोर्चाले साथ दिएमात्र मुख्यमन्त्री गुरुङलाई विश्वास पुग्छ ।
अघिल्लो पटक कांग्रेस नेतृत्व गठबन्धनलाई साथ दिने निर्णय गरेको जनमोर्चाले अहिले के गर्छ भन्ने चासो छ।
गण्डकीमा सत्तारुढ एमालेको २८, कांग्रेसको १५, माओवादी १२, राष्ट्रिय जनमोर्चा ३ र जनता समाजवादी पार्टीका २ सांसद छन् ।
सम्बन्धित खबर
बढ्यो सुनचाँदीको मूल्य
सुनको मूल्य ११ सय रुपैयाँले बढ्यो
सुन प्रतितोला १२ सयले बढ्यो
सुनको मूल्य तोलामा २ हजार ७ सयले घट्यो
पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो
सुनको मूल्य तोलाको १ लाख ७० हजार नाघ्यो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने