मैत्रीपूर्ण खेलमा नेपाल इराकसँग ६–२ ले पराजित

मैत्रीपूर्ण खेलमा नेपाल इराकसँग ६–२ ले पराजित

nepal-vs iraq

काठमाण्डौ । इराकसँगको मैत्रीपूर्ण खेलमा नेपाल ६–२ गोल अन्तरले पराजित भएकाे छ । इराकको बास्रामा नेपालले सुरुवातमा राम्रो प्रदर्शन गरे पनि त्यसलाई टिकाइराख्न सकेन ।

इराकले खेलको सातौं मिनेटमा नै अग्रता बनाएको थियो । एक मिनेट नबित्दै नेपालले बराबरी गोल फर्कायो। आठौं मिनेटमा अन्जन विष्टको प्रहार क्लियर गर्ने क्रममा इराकका अब्राहम खलाफले आफ्नै पोस्टमा गोल गरेका थिए।

३० औं मिनेटमा डेब्यू खेलाडी मनिष डाँगीको गोलमा नेपालले खेलमा अग्रता लियो। सन्तोष तामाङको पासलाई डाँगीले इराकका गोलरक्षक अघि बढेको अवस्थामा गोल गरेका थिए।

इराकविरुद्ध पहिलो हाफमा ४–२ ले पछि परेको नेपालले दोस्रो हाफमा दुई गोल खायो । इराकलाई जित दिलाउन अयमन हुसेन गबधनले दुई गोल गरे । त्यस्तै, कप्तान अला अब्दुल जहर खासिन, मोहमद अब्दुल्जारा ओबेद, मोहनद अलि र सजाद जासिमले एक/एक गोल गरे ।

नेपालले सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप तथा एसियन कप छनोटअन्तर्गत बाँकी खेलको तयारीका लागि मैत्रीपूर्ण खेल खेलेको हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ